चितवन । भरतपुरमा सम्पन्न प्रज्ञा स्मृति साइक्लिङ एमटिवि एक्ससिओ क्रस कन्ट्री ओलम्पिकमा ६ विधाका खेलमा ६ खेलाडीले उपाधी हात पारेका छन् ।
पुरुष ईलिटतर्फ सशस्त्र प्रहरीका सुरज राना मगरले निर्धारित दुरी १ घण्टा १४ मिनेट ४८ सेकेण्डमा पार गर्दै पहिलो भएका छन् । उनले उपाधिसँगै नगद ५० हजार रुपैयाँ मेडल र प्रमाणपत्र प्राप्त गरे ।
यस्तै कन्ञ्चनपुरका हिमाल तामाङले निर्धारित दुरी १ घण्टा १४ मिनेट ५५ सेकेण्डमा पार गर्दै दोस्रो स्थान हासिल गरी नगद ४० हजार रुपैयाँ मेडल र प्रमाणपत्र प्राप्त गरे । तेस्रो स्थान धादिङमा लक्ष्मण मल्ल प्राप्त गरे। उनले नगद ३० हजार रुपैयाँ मेडल र प्रमाणपत्र हात पार्न सफल भए ।
भरतपुरको पुन्यवती ताल गणेशधामको वरपर ४ किलोमिटर परिधिभित्रको रेस र्कोषमा १ घण्टा १५ घण्टा रेस समय तोकिएको थियो । प्रतियोगिले ७ पटकसम्म परिक्रममा गरेको सहसंयोजक रविन्द्र श्रेष्ठले बताए ।
यस्तै महिला ईलिटतर्फ काठमाडौँकी उषा खनालले एक घण्टा १६ मिनेटमा सो दूरी पार गर्दै महिलातर्फको पहिलो उपाधि हासिल गरिन् । काठमाडौाकी लक्ष्मीमगरले १ घण्टा १८ मिनेट २३ सकेन्डमा निर्धारित दूरी पार गरी दोस्रो बनिन् । त्यसैगरी पाँचथरकी इन्द्रकला नेबाङ १ घण्टा २१ मिनेट ३७ सकेन्डमा निर्धारित दूरीपार गर्दै तेस्रो बन्न सफल भइन् ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...