
काठमाडौं। नेपालमा हुने सुन तस्करीको छानबिन गर्न गठित डिल्लीराज आचार्य संयोजकत्वको जाँचबुुझ आयोगले प्रतिवेदन बुझाएको एक सातापछि मात्र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)का चार प्रहरी निरिक्षक (इन्सपेक्टरलाई) लाई सरुवा गरेको छ।
आयोगले सुन तस्करीको छानबिन गर्ने नाममा सीआईबीका जिम्मेवार अधिकृतहरुले अछामका जीवन चलाउने लगायतका शंकास्पद व्यक्तिलाई बयान लिएर भगाएको भन्दै आयोगले सीआईबीका सबैलाई कारबाही गर्न भनेको थियो।
आयोगले गृहमन्त्री रबी लामिछानेलाई प्रतिवेदन बुझाउन साथ सीआईबीकी प्रमुख एआईजी किरण बज्राचार्य, एसएसपी र दुुई डीएसपीलाई तत्कालै सरकारले प्रहरी प्रधान कार्यालयमा सरुवा गरेको थियो।
सीआईबी प्रमुख बज्राचार्य र उनको समूहका प्रहरी अधिकृतले के कस्तो कमजोरी गरे र के कारबाही गर्ने भन्ने विषयमा गृह मन्त्रालयले शनिबार मात्र सहसचिवको संयोजकत्वमा अध्ययन समिति गठन गरेपछि बाध्य भएर नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले आईतबार बल्ल सीआईबीका ४ प्रहरी निरीक्षक (इन्सपेक्टर) को सरूवा गरेको हो।
हेडक्वार्टरले इन्सपेक्टर सुरेश खत्री, रन्जित लामालाई प्रहरी प्रधान कार्यालय सरुवा गरिएको छ भने वकिल सिंहलाई नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ र इन्सपेक्टर कृष्ण श्रेष्ठलाई पहरा गणमा सरुवा गरिएको जनाइएको छ।
सीआईबीमा भने इन्सपेक्टर राजु अधिकारी र गजेन्द्र रावललाई सरुवा गरिएको छ। सिआईबी प्रमुखमा भने एक साता अघि नै सरकारले एआईजीपी श्याम ज्ञवालीलाई सरुवा गरिसकेको छ। हेडक्वाटर तानिएका बज्राचार्यलाई भने कार्य विभागको प्रमुख बनाइएको छ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...