विश्वको सबैभन्दा ठूलो कुरान भारतमा – Naya Bikalpa
June 24, 2026, Wednesday      Epaper

विश्वको सबैभन्दा ठूलो कुरान भारतमा

काठमाडौं। इस्लाम धर्म मान्नेहरुको सबैभन्दा पवित्र महिना रमजान चलिरहेको छ ।

यस्तो अवस्थामा विश्वको सबैभन्दा ठूलो कुरान हेर्न भारतको एक विशेष सहरमा मानिसहरु भेला भइरहेका छन् । यसको वजन साढे दुई क्विन्टल छ र यसको लम्बाइ १०.५ मिटर छ ।

जहाँ यो पवित्र ग्रन्थको चौडाइको कुरा गर्ने हो भने यो ७.६ फिट चौडाइ रहेकाे छ ।

संसारको सबैभन्दा ठूलो कुरान राजस्थानको जयपुर शहरमा छ । यहाँ संगानेरी प्रिन्टबाट बनेको यो कुरान संसारको सबैभन्दा ठूलो कुरान मानिन्छ । यसलाई हेर्न वर्षभर मानिसको लामो लाइन लाग्ने भए पनि पवित्र महिना रमजानमा यसलाई हेर्नको लागि विश्वभरबाट मानिसहरु आउने गरेका छन् ।

यो कुरान मौलाना जमील अहमद द्वारा रचना गरिएको हो। उनका अनुसार यो पवित्र कुरान बनाउन करिब २ वर्ष लागेको थियो । त्यसको तयारीमा उनको परिवारका सबै सदस्य संलग्न थिए । यो कुरान यति सुन्दर बनाइएको छ कि यसको प्रत्येक पृष्ठमा विभिन्न फूलहरू कुँदिएका छन् ।

सबैभन्दा महत्त्वपूर्ण कुरा यो कुरान जुन मसीले लेखिएको थियो, त्यो विशेष रूपमा जर्मनीबाट आयात गरिएको हो। यस पवित्र कुरानको प्रत्येक पृष्ठमा ४१ लाइनहरू छन्, जुन विशेष नास्ख शैलीमा लेखिएका छन्।

भनिन्छ कि यो पवित्र कुरान यति ठूलो छ कि यदि यसलाई उठाउन हो भने पनि कम्तिमा २२ देखि २५ जना मान्छे चाहिन्छ। जहाँ एक पाना मात्र पल्टाउने हो भने एक जनाले एक्लै गर्न सक्दैन, त्यसका लागि पनि कम्तीमा दुई जना चाहिन्छ । ६४ पृष्ठको यो पवित्र कुरानमा ३२ खण्डहरू रहेको जनाइएको छ ।

सम्बन्धित समाचार

कुन महानगरपालिकाको बजेट कति ?
कुन महानगरपालिकाको बजेट कति ?
  • २०८० चैत्र १२, १०: ३२

काठमाडौं : देशका ६ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट सार्वजनिक गरेका छन्। ६ महानगरको कुल बजेट आगामी...

गैरकानुनी रूपमा बसेका २४ बंगलादेशी नागरिक पक्राउ
गैरकानुनी रूपमा बसेका २४ बंगलादेशी नागरिक पक्राउ
  • २०८० चैत्र १२, १०: ३२

काठमाडौं : नेपाल प्रहरीले गैरकानुनी रुपमा नेपालमा बसेका २४ बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भुबाट खटिएको टोलीले...

सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
  • २०८० चैत्र १२, १०: ३२

संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...