
बर्दिवास । सत्ता गठबन्धनमा आवद्ध नेकपा (एकीकृत समाजबादी)का प्रवक्ता तथा उपमहासचिव जगन्नाथ खातिवडाले सरकारमा विभिन्न काण्ड मच्चाउनेवालाहरु सहभागी भएकाले सरकारको स्थायित्व नरहेको बताएका छन्।
पार्टीको जनवर्गिय संगठन समाजबादी प्रेस संगठन नेपाल महोत्तरी जिल्ला समितिद्वारा शनिबार बर्दिवासमा आयोजित होली पर्व शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै पार्टी उपमहासचिव खतिवडाले एक वर्षभित्र तीन वटा गठबन्धन बनेकाले वर्तमान सत्ता गठबन्धनको स्थायित्वमा प्रश्न खडा भइरहेको बताएका हुन्।
‘जनताको पक्षमा अधिकतम कार्य गर्यो भने यो सरकार स्थायी बन्दै छान्छ। तर, सरकार एउटा सुनकाण्ड, अर्को, सहकारी काण्ड, एउटा नागरिकता काण्ड र अर्को घुस कमिसन काण्डवालाहरुले चलाई रहेका छन्’, खतिवडाले भने, ‘यस्ता मन्त्रीले सुशासन दिन्छु भन्दा जनताले नपत्याउने वातावरण छ।’
उनले आजका ज्वलन्त समस्याका बारेमा सरकारले र सरकारमा रहेका मुख्य दलहरुले कसरी भूमिका खेल्छन्, त्यसैले यो सरकारको स्थायित्वको निर्धारण गर्ने बताए।
गएको एक वर्षमा तीन वटा गठबन्धन बनेकाले यो सरकार जहिले पनि प्रश्नवाचक चिन्हमा अडिएको खतिवडाको भनाई थियो। उनले राजनीतिक दलहरुको र नेताहरुको स्वार्थहरुको मेल र बेमेल हुँदा कहिले कता, कहिले कता टाँसिनु परेको बताए।
‘ठूला शक्तिले साना शक्तिलाई चुम्वकले ताने जस्तै साना दलहरुलाई कसरी तान्छन, त्यसैको आधारमा गठबन्धन स्थिर रहन पनि सक्छ र आजको भोली नै ढल्न पनि सक्छ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...