इलाम–२ को उपनिर्वाचनमा कांग्रेसद्वारा आचार्यको नाम १ नम्वरमा सिफारिस, दोश्रोमा थापा र तेश्रोमा खड्का – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

इलाम–२ को उपनिर्वाचनमा कांग्रेसद्वारा आचार्यको नाम १ नम्वरमा सिफारिस, दोश्रोमा थापा र तेश्रोमा खड्का

काठमाडौं। नेपाली कांग्रेसको तर्फबाट आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा इलाम क्षेत्र नम्वर २ बाट भेषराज आचार्यको नाम एक नम्वरमा सिफारिसमा गरिएको छ।

क्षेत्रीय कार्यसमिति, इलाम जिल्ला कार्यसमिति हुँदै कोसी प्रदेश कार्यासमितिले उपनिर्वाचनका लागि आकांक्षीहरूको नाम केन्द्रीय समितिमा पठाउँदा आचार्यलाई एक नम्वरमा राखिएको कोशी प्रदेश सभापति उद्धव थापाले जनाए।

उनले जिल्ला कार्यसमितिले पठाएको नाम जस्ताको त्यस्तै केन्द्रमा पठाइएको जानकारी दिए। प्रदेश समितिले पहिलो नम्बरमा आचार्य, दोस्रोमा पूर्वसांसद केशव थापा र तेस्रोमा जिल्ला सभापति डम्बर खड्काको नाम सिफारिस गरेको छ।

गत वर्षको निर्वाचनमा खड्का एमालेका तत्कालिन उपाध्यक्ष सुभाषचन्द्र नेम्वाङसँग झिनो मतले पराजित भएका थिए। यो पटक भने उनको नाम तेश्रो नम्वरमा सिफारिस गरिएको छ।

यसअघि कांग्रेस जिल्ला कार्य समिति इलामले चैत्र ७ गते नै आकांक्षी उमेदवारहरूको नाम प्रदेश समितिलाई पठाएको थियो। कांग्रेसको क्षेत्रीय कार्यसमितिले गएको मंगलबार इलामको चुलाचुलीमा बसेको बैठकले उमेदवारको नाम सिफारिस गरेको थियो।

प्रदेश समितिले चौथोमा संविधानसभा सदस्य नगेन्द्र कुमाल, पाचौंमा रमेश लिङ्देन, छैठौंमा चन्द्रमाया लिम्बू र सातौंमा चन्द्रकला राईको नाम सिफारिस गरेर पठाइएको छ।

एमाले उपाध्यक्ष तथा उक्त क्षेत्रका सांसद सुवासचन्द्र नेम्वाङको गत भदौ २५ गते निधन भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो। कांग्रेसबाट आचार्य, थापा र सभापति खड्का मुख्य आकांक्षीका रूपमा दौडधुपमा छन् । इलाम क्षेत्र नम्बर २ कांग्रेसको बलियो निर्वाचन क्षेत्रको रुपमा लिइन्छ।

 

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० चैत्र १२, १४: ५२

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० चैत्र १२, १४: ५२

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० चैत्र १२, १४: ५२

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...