उपनिर्वाचनमा उम्मेदवार उठाउने कि नउठाउने भन्नेमा माओबादी अध्यक्ष दोधारमा – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

उपनिर्वाचनमा उम्मेदवार उठाउने कि नउठाउने भन्नेमा माओबादी अध्यक्ष दोधारमा

काठमाडौं। नेपाली कांग्रेससँगको सत्ता समिकरण तोडेर एमालेसँग गठबन्धन गर्न पुगेका नेकपा माओबादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार उठाउने वा नउठाउने भन्ने दोधारमा परेका छन्।

सत्तासाझेदार दल नेकपा एमालेले प्रतिनिधिसभातर्फ इलाम क्षेत्र नम्वर २ मा पार्टीका स्वर्गीय उपाध्यक्ष सुभाषचन्द्र नेम्ववाङका छोरा सुहाङ नेम्वाङलाई र बझाङ प्रदेश सभा १ को ‘१’ मा दमन भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ। दुवै क्षेत्रमा माओबादीको प्रभाव कमजोर छ।

बझाङमा कांग्रेसले यसअघि विजय प्राप्त गरेको थियो भने इलाममा एमालेले । तर, इलाममा स्थानीय तहमा पाएको मतभार हेर्ने हो भने कांग्रेस एमालेभन्दा बलियो देखिन्छ ।

सत्ता घटक एमाले र रास्वपा उपनिर्वाचनका लागि सक्रिय हुँदा माओवादी अहिलेसम्म कुनै निष्कर्षमा नपुगेको हो। यद्यपि उपनिर्वाचनमा आफ्नै उम्मेदवार उठाउने कि गठबन्धनबाट साझा उम्मेदवार बनाउने भन्ने विषयमा छलफल भइरहेको माओबादीका सचिव दीनानाथ शर्मा वताउँछन्।

रास्वपाले केन्द्रीय नेताहरूलाई इलाम क्षेत्र नम्बर २ मा उतारेर मतदाताहरूसँग भेटघाट गरिरहेको छ । तथापि कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा अहिले नै निष्कर्षमा पुगेको छैन। प्रदेश सभामा भने रास्वपाले उम्मेदवार उठाउने गरेको छैन।

गत वर्ष भएको आमनिर्वाचनमा समेत रास्वपाले प्रदेशसभा निर्वाचनमा भाग लिएको थिएन।

सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीले प्रतिनिधिसभा र प्रदेश सभा सदस्यमा उम्मेदवार उठाउने निर्णय गर्दै उम्मेदवारको सिफारिस गर्न मातहतका कमिटीलाई सर्कुलर गरिसकेको छ।

 

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० चैत्र १२, १५: २६

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० चैत्र १२, १५: २६

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० चैत्र १२, १५: २६

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...