
काठमाडौं । ललितपुर महानगरपालिका–२६, ढोलाहिटी घटनाका मुख्य आरोपित विजय राई भएको प्रहरीले निष्कर्ष निकालेको छ । उनी पपिना रेस्टुरेन्टका सञ्चालक हुन् ।
होली पर्वका दिन गएको आइतबार राति करिब ९ बजे ढोलाहिटीस्थित सो रेस्टुरेन्टमा दुई समूहबीच झडप भएको थियो । त्यसक्रममा चक्कु प्रहारबाट दुई युवकको मृत्यु भएको थियो ।
२८ वर्षीय रेवाज राई र ३० वर्षीय प्रजन राईमाथि विजयले नै चक्कु प्रहार गरेको ललितपुर प्रहरीले जनाएको छ ।
चक्कु प्रहारबाट रेवाज र प्रजन घाइते भएका थिए । रेस्टुरेन्टमा सँगै मदिरा सेवन गरेका केही साथीले घाइतेलाई अस्पताल पुर्याएका थिए ।
अस्पताल पुर्याइएलगत्तै चिकित्सकले रेवाज र प्रजनलाई मृत घोषणा गरेका थिए ।
घटनामा चक्कु प्रहार गर्ने विजय यसअघि लागुऔषध मुद्दामा दुई वर्ष जेल सजाय भोगेर छुटेका व्यक्ति भएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न आरोपमा प्रहरीले १८ जनालाई नियन्त्रणमा लिएको छ ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...