
काठमाडौं । वैदेशिक रोजगार बोर्डले सञ्चालनमा ल्याएको टेलिमेडिसिन सेवाबाट एक वर्षमा झन्डै २८ सय श्रमिक लाभान्वित भएका छन् ।
बोर्डले ०७९ चैत १५ गतेदेखि यो सेवा सुरु गरेको थियो । ०८० फागुन अन्तिमसम्म दुई हजार ७८४ जनाले सेवा लिएका बोर्डले जनाएको छ ।
बोर्डले सार्वजनिक गरेको तथ्यांकानुसार, १८ देशमा रोजगारीका निम्ति पुगेका मध्ये सबैभन्दा धेरै मलेसियामा रहेका नेपालीले सेवा लिएका छन् । मलेसियामा रहेका ६६९ जनाले एक वर्षमा यो सेवा लिएका हुन् ।
यस्तै, टेलिमेडिसिन सेवा धेरै लिनेमा साउदी अरब, कतार, कुवेत, यूएईलगायत मुलुकमा रहेका नेपाली छन् ।
बोर्डले वीर अस्पतालको सहकार्यमा ती मुलुकमा फोन र भिडियोमार्फत परामर्श, औषधि र उपचार सेवा दिँदै आएको छ । एक वर्षमा सबैभन्दा धेरै ७१२ पटक मेडिसिन सेवा दिइएको छ ।
शल्यक्रिया, हड्डीसँग सम्बन्धित समस्या, नाक, कान, घाँटी, मानसिक समस्यालगायत सेवा दिइएको बोर्डले जनाएको छ ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.६२...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...