
काठमाडौं। सत्तारुढ गठनबन्धनका दलहरुबीच सात वटा प्रदेशको नेतृत्वमा भागबन्डा गर्ने सहमति गरेका छन्।
जसअनुसार माओबादीले हाल नेतृत्व गरिरहेको कर्णाली प्रदेश छाड्नु पर्नेछ। सत्तारुढ गठबन्धनमा आई नसकेको दल नागरिक उन्मुक्ति पार्टीलाई भने सुदूरपश्चिम प्रदेशको नेतृत्व दिने सहमति भएको बताइएको छ।
माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सोमबार भएको भेटमा भागबन्डामा सहमतिमा पुगेका हुन्।
अब बस्ने सत्ता घटक दलहरुको बैठकले भागबन्डा टुंगो लगाउने तयारी गरिएको छ। एमालेलाई कोशी, गण्डकी र कर्णाली, माओवादीलाई वाग्मती र लुम्बिनी, जसपालाई मधेश र नागरिक उन्मुक्तिलाई सुदूरपश्चिमको मुख्यमन्त्री बनाउने सहमति भएको स्रोतले बतायो।
आज बेलुकासम्म प्रदेश सरकारको नेतृत्व टुंग्याइने दाबी गरिएको छ। सहमति कार्यान्वयन भएमा माओबादी केन्द्रले कर्णाली प्रदेशको नेतृत्व गुमाउने देखिन्छ भने एमालेले लिने भनेको कोशी प्रदेश र कर्णाली प्रदेशको मुख्यमन्त्री पाउन कठिन छ।
गण्डकी प्रदेशमा सत्तारुढ गठबन्धनको बहुमत छैन भने कोशीमा वर्तमान मुख्यमन्त्री केदार कार्कीलाई हटाए मध्यावधि निर्वाचन हुने निश्चित छ।
यसअघि नेपाली कांग्रेससँगको गठबन्धनमा समेत बागमति प्रदेशको नेतृत्व मओबादी केन्द्रको बागमति प्रदेश संसदीय दलका नेता जम्मकट्टेलले लिँदै आएका थिए।

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...