
बैतडी । बैतडी जिल्लाको सिगास गाउँपालिकामा ४ वर्ष पहिले भएको बलात्कार मुद्दा मिलोमतो गराएको आरोप लागेका तीनजनालाई प्रहरीले पक्राउ गरेको छ।
सिगास गाउँपालिका –३ वडा अध्यक्ष अमर सिंह धामी, गाउँपालिकाका कर्मचारी राजेन्द्र सिंह धामी र भुवन भास्कार माविका शिक्षक मनोज सिंह धामीलाई प्रहरीले सोमबार पक्राउ गरेको हो।
२०७७ सालमा स्थानीय दिपक सिंह धामीमाथि १८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप लागेको थियो। घटना बाहिर आएपछि हालका वडा अध्यक्ष अमर सिंह धामी, शिक्षक मनोज सिंह धामी, कर्मचारी राजेन्द्र सिंह धामीलगायतका स्थानीयले तमसुक बनाएर घटना मिलोमतो गरेका थिए।
आरोपित दिपकले बलात्कृत भएकी किशोरीलाई सुन दिने सहमतिसहितको तमसुक बनाएका थिए। मिलोमतोमा संलग्न अर्का गोपाल सिंह धामीले कैद भुक्तान गरेर छुटिसकेका छन्।
सोही तमसुकको फट्के किनारा साँची बसेका तीनजना सोमबार पुनः पक्राउ परेका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। पक्राउ परेका तीनैजनालाई उच्च अदालत दिपायल कञ्चनपुरले एक महिना कैद सजाय तोकेको हो।
त्यसमध्ये वडा अध्यक्ष अमर र शिक्षक मनोजले २७ दिन अनुसन्धानका क्रममा नै कारागार बसेका थिए। उनीहरूले अब ३ दिनमात्रै बस्नुपर्नेछ।
यसैगरी यसअघि २५ दिन कैद भुक्तान गरेका राजेन्द्रले ५ दिन पुनः बस्नु पर्ने जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक खेम बिक्रम केसीले जानकारी दिए। तीनैजनाले १० हजार जरिवना तिर्नुपर्नेछ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...