प्रदेश सरकार नफेरौंः डा.कोइराला – Naya Bikalpa
May 13, 2024, Monday

प्रदेश सरकार नफेरौंः डा.कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पटक–पटक सरकार बन्नु र ढल्नु विकास र संघीयताको स्थायीत्वका लागि ठीक हुने बताएका छन्।

मंगलबार फेसबुकमा लेख्दै नेता कोइरालाले यस्तो बताएका हुन् । नेता कोइरालाले देशमा कुनै स्थायी गठबन्धन नभएकाले संघ र प्रदेशमा एउटै गठबन्धन हुनुपर्छ भन्ने नभएको तर्क गरे।

नेता कोइरालाले सामाजिक सञ्जालमा लेखेका छन्,’निर्वाचन भएको डेढ बर्षमै पटक–पटक प्रदेश सरकारहरु बन्नु र ढल्नु विकास र संघीयताको स्थायीत्वका लागि बेठिक हुन् ।

हाम्रो देशमा कुनै स्थायी गठबन्धन नभएकाले संघ र प्रदेशमा एउटै गठबन्धन हुनुपर्छ भन्ने छैन र हुनुहुँदैन । वर्तमान प्रदेश सभाका अंकगणित हेर्दा संघकै गठबन्धन अनुरुप प्रदेशमा पनि सरकार बनाउन खोजे कुनै प्रदेशमा संवैधानिक र कानूनी जटिलता आउने तथा कुनै प्रदेश मध्यावधिमा जाने देखिन्छ ।

मध्यावधि निर्वाचन आजको आवश्यकता र बाध्यता दुवै होइन । यसले संघीयता विरोधी स्वरलाई मलजल गर्दछ । तसर्थ हरेक विकल्पमा छलफल गरौं र हालका प्रदेश सरकारहरुलाई स्थायित्व दिऔं।’

नेता कोइरालाले स्थायी गठबन्धन नहुँदा त्यसको असर संघ र प्रदेशमा पर्ने गरेको उल्लेख गर्दै मुलुकलाई स्थायी गठबन्धन आवश्यक रहेको औंल्याए।

वर्तमान प्रदेशसभाको अंक गणित हेर्दा संघकै गठबन्धनअनुरुप प्रदेशमा पनि सरकार बनाउन खोजे कुनै प्रदेशमा संवैधानिक र कानुनी जटिलता आउने तथा कुनै प्रदेशमा मध्यावधिमा जाने देखिने बताउँदै नेता कोइरालाले मध्यावधि निर्वाचन आजको आवश्यकता र बाध्यता दुवै नभएको तर्क गरे।

संघीयता विरोध स्वरहरूलाई मलजल गर्ने उनको भनाइ छ। प्रदेश सरकारलाई स्थायित्व दिन छलफल जरूरी रहेको नेता कोइरालाको भनाई छ।

सम्बन्धित समाचार

शंकरदेवमा क्याम्पस  प्रशासन र स्ववियूको मिलेमतोमा लाखौं अनियमितता
शंकरदेवमा क्याम्पस प्रशासन र स्ववियूको मिलेमतोमा लाखौं अनियमितता
  • २०८० चैत्र १३, १४: ०५

काठमाडौं। काठमाडौंको मुटुमा रहेको शंकरदेव क्याम्पसमा क्याम्पस प्रमुख र स्वतन्त्र विद्यार्थी युनियनका सभापतिको मिलेमतोमा लाखौं रुपैयाँ अनियमितता गरेको खुलेको छ।...

दाहाल र ओलीसँगको बैठकपछि लामिछाने भन्छन् ‘पहिले मलाई बोल्न दिनुपर्छ’
दाहाल र ओलीसँगको बैठकपछि लामिछाने भन्छन् ‘पहिले मलाई बोल्न दिनुपर्छ’
  • २०८० चैत्र १३, १४: ०५

काठमाडौं। सहकारी ठगी प्रकरणमा गृहमन्त्री रबी लामिछानेको संलग्नता रहेको गुनासो आएपछि संसदीय छानबिन समिति गठनको माग गर्दै कांग्रेसले माग पुरा...

संसदीय छानबिन समिति बनाए कांग्रेसले गृहमन्त्री लामिछानेको राजिनामा नमाग्ने
संसदीय छानबिन समिति बनाए कांग्रेसले गृहमन्त्री लामिछानेको राजिनामा नमाग्ने
  • २०८० चैत्र १३, १४: ०५

काठमाडौं। नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गरे गृहमन्त्री रवी लामिछानेको राजीनामा नमाग्ने निष्कर्षमा पुगेको छ। एमाले...