
काठमाडौं । श्री एयरलाइन्सले ८० सिट क्षमताका दुईवटा जहाज भित्र्याएको छ । कम्पनीले मंगलबार क्यानडाको तत्कालीन ‘बम्बार्डियर हाल डी हाभिलैन्ड अफ क्यानडा’ निर्मित कल साइन नाइन एन–एओके र नाइन एन–एओएल जहाज भित्र्याएको हो ।
यी जहाजमा जडित इन्जिन सोही प्रकारका अन्य जहाजहरू भन्दा दोब्बर शक्तिशाली ५४०० साफ्ट हर्षपावर भएको श्री एयरले जनाएको छ । क्यानडाको प्राट एन्ड ब्हिएनी कम्पनीबाट निर्मित ‘पीडब्लूआई ५० ए’ भरपर्दो रहेको श्री एयरले जनाएको छ ।
यसअघि संयुक्त राज्य अमेरिकाको होराइजन एयर तथा अलास्का एयरद्वारा सञ्चालनमा रहेका उक्त जहाजहरू आरामदायक, सुरक्षित तथा यात्रुहरूलाई कम ध्वनी अनुभूति दिने श्री एयरलाइन्सले जनाएको छ । उक्त जहाजहरू श्री एयरलाइन्सका पाइलटहरूले नै नेपालमा ल्याएका थिए ।
संयुक्त राज्य अमेरिकाको अरेगन राज्यको पोर्टलैन्डबाट डुलुथ, क्यानडाको गुजबे, आइसल्यान्डको केफलामिक, जर्मनीको म्युनिक, इजिप्टको काइरो, दुबई र भारतको इन्दौर हुँदै काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो ।
जहाज १० हजार माइलको दुरीमा करिब २५ घण्टाको उडान तथा तीन रात्रि बिसानपछि विमानस्थलमा अवतरण गराइएको कम्पनीले जनाएको छ ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...