
काठमाडौं । काठमाडौंमा जारी टी–२० क्रिकेट सिरिजको दोस्रो खेलमा नेपालले आयरल्याण्ड वल्भ्ससामु रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाएर १९८ रनको योगफल तयार पारेको हो ।
नेपालका लागि गुल्शन झाले ४६, कुशल मल्लले ३४ र रोहितकुमार पौडेलले ३३ रन बनाए । कुशल भुर्तेलको नाममा २५ र सन्दीप जोराको नाममा २१ रन रह्यो । म्याथ्यु फोस्टरले ३ र बेन ह्वाइटले दुई विकेट लिए ।
सिरिजको पहिलो खेलमा नेपाल सोमबार ६ विकेटले विजयी भएको थियो । आजको खेलमा समेत जित निकाल्न सके नेपालले सिरिज क्लिनस्विप गर्नेछ ।
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएको निलम्बनसहित प्रशासनिक तथा आर्थिक प्रतिबन्ध फुकुवा...