राजनीतिमा छट्टुहरु हावी भए, हामीलाई गति र मति भएको नेता चाहिएको छः गगन – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

राजनीतिमा छट्टुहरु हावी भए, हामीलाई गति र मति भएको नेता चाहिएको छः गगन

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली राजनीतिमा छट्टुहरूको हाबी भएको भन्दै त्यस्ताबाट सतर्क हुनु पर्ने धारणा राखेका छन्।

काठमाडौंको गैरिधारामा मंगलबार कांग्रेस नेता नवीन्द्रराज जोशीको तेश्रो स्मृतिमा आयोजित कार्यक्रममा थापाले राजनीतिमा त्यस्ता छट्टुहरुको आयु धेरै नभए पनि तिनीहरुबाट सतर्क रहनु पर्ने बेला आएको बताए।

‘हामीलाई पार्टीमा मेहनत गर्ने मान्छे चाहिएको छ। छट्टुहरु त राजनीतिमा आउँछ लटरपटर पारेर झुक्याउँछ, यसो रंगरोगन गर्छ, जान्छ’, थापाले भने ‘हामीलाई छुट्टुहरु होइन, धैर्यता भएको मान्छे चाहिन्छ। धैर्यता भनेर केही पनि नगर्ने मान्छे होइन। गति र मति दुवै भएको मान्छे चाहिन्छ।’

उनले गति भएको तर मति छैन र मति छ तर गति छैन भने त्यस्तो आफुहरुलाई नचाहिएको भन्दै आफूहरुले नै मति पनि ठीक राख्नु परेको बताए।

‘हाम्रो घर भित्रको फोहोर पनि सफा गर्नु पर्ने छ। घर भित्र फोहोर छ। फोहोरलाई कार्पेट मुनी राखेर हुँदेन’, महामन्त्री थापाले भने, ‘हामीले फोहोर सफा गर्नै पर्छ। कहीँ असुद्ध छ भने शुद्ध र पवित्र बनाउनै पर्छ ।’
उनले नेपालमा नौजवानहरुले चाँडोभन्दा चाँडो परिवर्तन होस भन्ने चाहेकोले यस्तो चाहनालाई उत्तेजनाको राजनीति गर्नेहरुले दुरुपयोग गरेको बताए।

युवाहरुले चेतनाको राजनीतिक गर्ने मानिसलाई समात्नु पर्छ भन्दै थापाले रुपान्तरणको एजेण्डा आफूहरुलाई चाहिएकोले आन्दोलनको निष्ठा भएको हाम्रो पार्टीको पुँजी र सम्पति नविन्द्रराज जोशीकोे अभाव वा रिक्ततालाई पुरा गर्न वदल्न छलफल र चिन्तनको आवश्यकता भएको बताए।

नेपाली कांग्रेसले पार्टीभित्रको समस्या समाधान नगर्दा उत्तेजनाको राजनीति गर्नेहरुले युवाहरुलाई प्रभावित पार्ने खतरा बढेको भन्दै उनले स्वर्गीय जोशीमा विनयशिलता रहेको बताए।

‘हामी दुवैजना मन्त्री थियौं। हामीबीच स्वस्थ प्रतिष्पर्धा थियो। हामी भूतपूर्व मन्त्री हुनका लागि मन्त्री भएनौं। यो दुई मन्त्रीले जे जति काम गर्नुहुन्छ, अरुले पनि काम गर्नु पर्छ भनेर अहिलोको प्रधानमन्त्रीले हामीलाई भन्नुहुन्थ्यो’ थापाले भने।

उनले भने, ‘स्वर्गीय जोशी असाध्यै मिहनेत गर्ने, सबै कुरा थाहा छैन भन्ने तर आजभोली राजनीतिमा जताततै भगवानहरु छन्। उनीहरुलाई सबै थाहा हुन्छ। उहाँ धेरैजनाबाट सिक्नु हुन्थ्यो । सुझाव लिनु हुन्थ्यो।’

पार्टीको सदस्यता, पार्टीको कोष, उम्मेदवार उठाउने मापदण्ड, निर्वाचन प्रणाली, पार्टी संचालन गर्ने कुरा सुधार गर्नु पर्छ भन्ने जोशीले राजनीतिक परिवर्तन २०४६ सालको आन्दोलन र २०४७ सालको संविधानलाई डिसमिस नगरी त्यसको जगमा बनाउनु पर्छ भन्ने अडानमा भएको थापाले जनाए।

राजनीतिलाई सेवासँग जोड्ने र जनताको सेवासँग नजोडिएर गरिएको राजनीतिक स्थायी हुँदैन भन्ने मान्यता राख्ने जोशीमा योग्यता र इमान्दार दुवै गुण पाइने गरेको बताए।

 

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० चैत्र १३, १८: १५

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० चैत्र १३, १८: १५

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० चैत्र १३, १८: १५

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...