
काठमाडौं । स्वास्थ्य संस्थाबाट उत्पादन हुने हानिकारक फोहोरलाई सामान्य फोहोरमा रूपान्तरण गर्न काठमाडौं महानगरपालिका र मनमोहन मेमोरियल मेडिकल कलेजबीच सहकार्य हुने भएको छ।
महानगरपालिकाकी उपप्रमुख एवं अनुगमन समितिकी संयोजक सुनिता डंगोलको अध्यक्षतामा कलेजका पदाधिकारीसँग बसेको बैठकले यस्तो निर्णय गरेको हो।
कलेजको जग्गामा एकीकृत प्लान्ट स्थापना गर्ने, यसमा आवश्यक साधन तथा उपकरणका लागि महानगरपालिकाले सहयोग गरेर एकीकृत केन्द्र स्थापना सहकार्य गर्ने उपप्रमुख डंगोलले बताइन्।
उनले भनिन्, ‘महानगरपालिकाले स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालन गरिरहेको छ। यी केन्द्रहरूबाट उत्पादन हुने हानिकारक फोहोर प्रशोधन गर्ने केन्द्रका लागि सहकार्य गर्न थालेका हौं। यसलाई नमूना बनाएर स्वास्थ्य संस्थाहरुकै बीचको सहकार्य एकीकृत प्रशोधन केन्द्र स्थापना गर्न सकिन्छ।’
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...