सहकारी ठगी प्रकरणको छानबिन नसकिएसम्म गृहमन्त्री पदबाट बाहिरिनुपर्नेः सांसद बडू – Naya Bikalpa
July 24, 2024, Wednesday

सहकारी ठगी प्रकरणको छानबिन नसकिएसम्म गृहमन्त्री पदबाट बाहिरिनुपर्नेः सांसद बडू

काठमाडौं। सांसद दिलेन्द्रप्रसाद बडूले सहकारी ठगी प्रकरणको छानबिन नसकिएसम्म गृहमन्त्री रवि लामिछानेले पदबाट बाहिरिनुपर्ने बताएका छन् ।

बुधबार राज्य व्यवस्था समिति बैठकमा बोल्दै बडूले गृहमन्त्री लामिछानेले सहकारी ठगी प्रकरणको छानबिन नसकिएसम्म पदबाट बाहिरिनुपर्ने बताएका हुन् ।

बडुले गृहमन्त्रालयका ३ वटा विधेयक राज्य व्यवस्था समितिमा ल्याउनुपर्ने समेत बताए । उनले प्रहरीलाई प्रदेश अन्तगर्त लैजानुपर्ने बताए । सुन तस्करी छानबिन समितिले प्रतिवेदन बुझाइसकेको बताउँदै बडूले सो प्रतिवेदन गृहमन्त्रीले सार्वजनिक गर्छु भने पनि नभएको बताए ।

उनले सांसद विनोद चौधरीमाथिको छानबिनबारे असन्तुष्टि व्यक्त गरे । संविधान र संसद्को नियमावलीमा नभएको व्यवस्था छानबिन गर्दैछौं भनेर सभामुखलाई पत्र किन लेखियो भनेर बडूले प्रश्न समेत गरे ।

‘बाँसबारी जग्गा प्रकरणमा सांसद विनोद चौधरीमाथि छानबिन गर्ने भन्ने कुरा आयो । कानुनी राज्यमा प्रधानमन्त्री मन्त्री सबैमाथि छानबिन हुन्छ । सांसद चौधरीलाई छानबिन हुँदैछ भनेर सभामुखलाई पत्र किन पठाइयो ? संविधान र संसद्को नियमावलीमा नभएको व्यवस्था छानबिन गर्दैछौ भनेर सभामुखलाई पत्र किन लेखियो हामीले बुझ्न सकेका छैनौं ।’

सम्बन्धित समाचार

विमानस्थलमा आपतकालिन उद्धार संयन्त्र झुरः भिआईपीले थपे सकस
विमानस्थलमा आपतकालिन उद्धार संयन्त्र झुरः भिआईपीले थपे सकस
  • २०८० चैत्र १४, १३: १७

काठमाडौं। मुलुकको एक मात्र अन्तराष्ट्रिय विमानस्थल (संचालित) त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आपतकालिन अवस्थामा गरिने उद्धारको प्रवन्ध कति कमजोर रहेछ भन्ने तथ्य...

सौर्य एयरलाइन्स दुर्घटनामा परि एकै परिवारका तीन जनाको निधन
सौर्य एयरलाइन्स दुर्घटनामा परि एकै परिवारका तीन जनाको निधन
  • २०८० चैत्र १४, १३: १७

काठमाडौं। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल परिषरमा उडान भर्नासाथ दुर्घटना भएको सौर्य एयरलाइन्समा सवार एकै परिवारका तीन जनाको निधन भएको छ। सौर्य...

बागमती प्रदेशमा कांग्रेसका ३ र एमालेका ६ सहित ९ मन्त्रीले लिए सपथ
बागमती प्रदेशमा कांग्रेसका ३ र एमालेका ६ सहित ९ मन्त्रीले लिए सपथ
  • २०८० चैत्र १४, १३: १७

हेटौंडा। बागमती प्रदेशमा नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामासहित ९ जना मन्त्रीहरुले सपथ लिएका छन्। नेपाली कांग्रेसबाट कुन्दनराज काफ्ले, श्याम खड्का र...