
काठमाडौं । गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले भिजिट भिसामा महिलाहरुलाई पठाउने गिरोहलाई राजनीतिक संरक्षण रहेको दाबी गरेका छन् ।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकमा गृहसचिव अर्यालले नेपाली महिलाहरुलाई भिजिट भिसामा श्रमका लागि पठाउने विषय गम्भीर रहेको बताए ।
उनले भने, ‘केही मान्छेहरुको प्रोफेसन यही छ र त्यस्ता मान्छेहरुलाई पोलिटिकल ब्याक छ । आवश्यक परेको बेला म भनौंला ।’
दलाल र विचौलियालाई राजनीतिक संरक्षण नहुने हो भने यो सहजै अन्त्य हुने उनको दाबी छ ।
यसका लागि गृह मन्त्रालयले श्रम तथा रोजगार मन्त्रालयसँग छलफल थालिसकेको सचिव अर्यालले बताए ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...