
सुर्खेत । बिहीबारदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा कर्णाली प्रदेशबाट सहभागी हुने विद्यार्थीको संख्या अघिल्लो वर्षको तुलनामा घटेको छ ।
यो वर्ष कर्णालीबाट ३५ हजार ८०८ जना विद्यार्थी एसईई परीक्षामा सहभागी हुने भएका छन् । गत वर्ष ३८ हजार ९७० जना विद्यार्थीले एसईई दिएका थिए । गत वर्षको तुलनामा यो वर्ष ३ हजार १६२ विद्यार्थी कम भएका छन् ।
प्रदेश शिक्षा विकास निर्देशनालय कर्णालीका अनुसार यो वर्ष एसईईमा सहभागी हुने परीक्षार्थीमध्ये १७ हजार ६२३ छात्र र १८ हजार १५८ छात्रा छन् ।
परीक्षाका लागि प्रदेशभर १८६ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...