सांसदको प्रश्न गृहमन्त्रीलाई –तस्करसँग सेटिङ गर्ने प्रहरीको सरुवा भयो कि भएन? – Naya Bikalpa
July 24, 2024, Wednesday

सांसदको प्रश्न गृहमन्त्रीलाई –तस्करसँग सेटिङ गर्ने प्रहरीको सरुवा भयो कि भएन?

काठमाडौं । नेकपा एमालेका नेता तथा प्रतिनिधि सभा सदस्य पृथ्वी सुब्बा गुरुङले तस्करसँग सेटिङ गरी तस्करी चलाउने नाकाका प्रहरी अधिकृतहरुलाई सरुवा गरियो कि गरिएन भनी गृहमन्त्री रबी लामिछानेलाई प्रश्न गरेका छन् ।

बुधबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा वोल्दै सांसद गुरुङले वर्तमान गठबन्धनको मुख्य उद्देश्य सुशासन रहेकोले त्यो लक्ष्य हासिल गर्न तस्करसँग सेटिङ गरी तस्करीमा सघाउने नाकाका प्रहरी अधिकृतलाई सरुवा गरियो कि गरिएन भने प्रश्न गरेका हुन्।

उनले तस्कर र प्रहरी अधिकृतको सेटिङका कारण चालु आर्थिक वर्षको आठ महिनामा ४० प्रतिशत मात्र राजश्व उठेको दाबी गरे।

सांसद गुरुङले सहकारी ठगीका आरोपी जीवी राई कहाँ छन् । तिनलाई कहिलेसम्म पक्राउ गर्ने भनी गृहमन्त्री लामिछानेलाई प्रश्न गरे।

उनले प्रहरी ऐन ल्याउँछौं ल्याउँछै भन्ने तर प्रदेशलाई निकम्म बनाउने ऐन गृहमन्त्रालयले नल्याएको आरोप लगाए।

सम्बन्धित समाचार

विमानस्थलमा आपतकालिन उद्धार संयन्त्र झुरः भिआईपीले थपे सकस
विमानस्थलमा आपतकालिन उद्धार संयन्त्र झुरः भिआईपीले थपे सकस
  • २०८० चैत्र १४, १६: ११

काठमाडौं। मुलुकको एक मात्र अन्तराष्ट्रिय विमानस्थल (संचालित) त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आपतकालिन अवस्थामा गरिने उद्धारको प्रवन्ध कति कमजोर रहेछ भन्ने तथ्य...

सौर्य एयरलाइन्स दुर्घटनामा परि एकै परिवारका तीन जनाको निधन
सौर्य एयरलाइन्स दुर्घटनामा परि एकै परिवारका तीन जनाको निधन
  • २०८० चैत्र १४, १६: ११

काठमाडौं। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल परिषरमा उडान भर्नासाथ दुर्घटना भएको सौर्य एयरलाइन्समा सवार एकै परिवारका तीन जनाको निधन भएको छ। सौर्य...

बागमती प्रदेशमा कांग्रेसका ३ र एमालेका ६ सहित ९ मन्त्रीले लिए सपथ
बागमती प्रदेशमा कांग्रेसका ३ र एमालेका ६ सहित ९ मन्त्रीले लिए सपथ
  • २०८० चैत्र १४, १६: ११

हेटौंडा। बागमती प्रदेशमा नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामासहित ९ जना मन्त्रीहरुले सपथ लिएका छन्। नेपाली कांग्रेसबाट कुन्दनराज काफ्ले, श्याम खड्का र...