
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सफल हुन नसक्ने सयौँ आयोजना रहेको भन्दै त्यस्तो आयोजनालाई खारेज गरिदिने बताएका छन् ।
बजेट निर्माणको परम्परागत शैली बदल्न सरकार लागिपरेको भन्दै प्रचण्डले बजेट जनतामा आशा जगाउने खालको बनाउने बताए ।
राष्ट्रिय विकास समस्या समाधान समितिको ५२ औं बैठकलाई सम्बोधन गर्दै उनले लामो समयदेखि काम नभएर बसेका सयौं आयोजना आगामी आर्थिक वर्षमा खारेज गरिने उनले बताए ।
अब संघीय सरकारले लामो समयदेखी अल्झिएर बसेका आयोजनामा १०/१५ लाख रुपैयाँ बजेट राखेर थप नबल्झाउने उनले बताए ।
नेपालमा आयोजनाहरु दलीय दलदलमा फसेको उनको भनाइ छ । यो अवस्था आगामी आवबाट समाधान गरिने उनको प्रतिबद्धता छ ।
उनले आयोजनाको प्राथमिकीकरण गरी बजेटमा राख्न समेत सरोकारवालालाई निर्देशन दिए । नयाँ आयोजना राख्दा जनतामा आशा जगाउने गरी मात्र राख्न उनले निर्देशन दिए ।
कामको परम्परा शैली बदल्नु पर्ने भन्दै राजस्व बढाउने गरी काम गर्न समेत उनले निर्देशन दिए ।
‘राजस्व उठ्दैन भन्ने होइन, उठाउन सक्छौं भन्ने गरी सोचौं,’ प्रधानमन्त्री प्रचण्डले भने ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...