राजनीतिक संकट समाधान गर्न एमाले–कांग्रेस मिलेर जानुको विकल्प छैनः डा.शेखर – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

राजनीतिक संकट समाधान गर्न एमाले–कांग्रेस मिलेर जानुको विकल्प छैनः डा.शेखर

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले देशमा राजनीतिक संकटहरु देखिन थालेको भन्दै त्यसको समाधान गर्न संसद्का दुई ठूला र पुराना दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर अघि बढ्नुको विकल्प नभएको बताएका छन्।

साप्ताहिक पत्रिकाका सम्पादकहरूसँगको विहीबारको भेटमा नेता डा.कोइरालाले देश र कांग्रेस दुवैको अवस्था खराब रहे पनि आफूले हरेस नखाएको बताएका हुन्।

२०४६ सालमा प्रजातन्त्र पुनस्र्थापना र त्यसपछि २०६२-०६३ को जनआन्दोलनमार्फत विद्रोही माओबादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउँदै संघीयता र गणतन्त्र ल्याउन भूमिका खेल्ने कांग्रेस र एमाले मिलेर मात्र देशको संकटलाई टार्न सक्ने बताए।

‘वर्तमान निर्वाचन प्रणालीले कुनै पनि दलले बहुमत ल्यानउ सक्दैन। समानुपातिकका नाममा नेताहरुले नतावाद, कृपाबाद र प्रलोभनमा परेर सांसद बनाउने गरेका जस्ता धेरै विकृतिहरु भित्र्याए’, कोइरालाको भनाई उधृत गर्दै एक सहभागीले भने‘ प्रत्यक्ष निर्वाचनबाट सांसदको चयन हुने प्रावधान राख्न दुई तिहाई सांसदको जरुरी छ, जुन कांग्रेस र एमालेको सहमतिबाट मात्र सम्भव देखिन्छ।’

डा. कोइरालाले समानुपातिक प्रतिनिधित्व बन्दसूचीबाट नगराई निर्धारण गरिएको निर्वाचन क्षेत्रबाट गराउनु पर्ने धारणा सार्वजनिक गर्दै आएका छन्। उनले कुनै पनि राजनीतिक दलले वर्तमान निर्वाचन प्रणालीबाट बहुमत ल्याउन नसक्ने अवस्था भएकाले निर्वाचन प्रणाली परिवर्तन गर्नु पर्ने वताएका हुन्।

उनले नेपाली कांग्रेसको पुरानो साख फर्काउनको लागि आफू अघि बढेको भन्दै अहिले देश र कांग्रेसको अवस्था दुवै खराब रहेको स्वीकारे।

लोकतन्त्रको लडाइँमा पत्रपत्रिकाको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै उनले अहिले पनि त्यो भूमिका आवश्यक रहेको बताएका थिए ।

नेपालको लोकतान्त्रिक आन्दोलनमा पत्रपत्रिकाको भूमिका र योगदान महत्वपूर्ण रहेको भन्दै डा.कोइरालाले साप्ताहिक पत्रपत्रिका र त्यसको अवस्था कस्तो छ भनेर बुझ्ने प्रयास गरेको बताएका थिए।

भेटमा विभिन्न साप्ताहिक पत्रिकाका सम्पादकहरुले कांग्रेसलाई कांग्रेसभित्रको आन्तरिक लोकतन्त्रमा सुधार गर्न, सैद्धान्तिक दृष्टिकोण मिल्ने पार्टीसँग मात्र सहकार्य गर्न, संविधानमा रहेका कमजोरी सुधारसहितका काम गर्न सुझाव दिएका थिए।

सम्पादकहरूले कांग्रेसभित्रै लोकतन्त्रको संकट देखिएको, पार्टीको आदर्श र सिद्धान्तभन्दा वाहिर गएर विचार नमिल्ने दलहरुसँग गठबन्धन गर्दै सरकारमा जाँदा राजनीतिमा निष्ठा, आदर्श र प्रतिष्ठा घट्दै गएर पार्टीमा अनुशासन कायम हुन नसकेको जनाएका थिए।

सत्ता प्राप्तिका लागि जोसँग पनि गठबन्धन गर्ने परिपाटीलाई कांग्रेसले अन्त्य गर्नुपर्ने, सामानुपातिक निर्वाचन प्रणालीले विकृति फैल्याएकाले त्यसको खारेज नगरेसम्म देश अगाडि बढ्न नसक्ने जनाएका छन्।

अहिले दलहरूले जति माफी मागे पनी जनताले पत्याउने अवस्था नरहेको उनीहरूको भनाइ छ। कांग्रेसले आफना भ्रातृ संस्थाको महाधिवेशन गर्न नसकेको, उनीहरुले राम्रोसँग प्रभावकारी काम गर्न नसकेको, भन्दै पार्टी भित्रै लोकतन्त्र नरहेको भनाई राखेका थिए।

अहिलेका राजनीतिक दलका नेताहरुमा पत्र पत्रिका पढ्ने बानी हराउँदै गएको भन्दै जसबाट सही सूचनाको अभावमा दलका नेताहरु भ्रममा परिरहेको उनीहरुको भनाई थियो।

भेटमा कांग्रेस नेता डा.कोइराला, साप्ताहिक पत्रिकाका सम्पादकहरु दामोदरप्रसाद दवाडी, शम्भु श्रेष्ठ, कविर राणा, गोपाल बुढाथोकी, निरोधराज पाण्डे, इश्वरी वाग्ले, राजेन्द्र बैद्य र विश्वमणि सुवेदीको उपस्थिति थियो। भेटमा डा. कोइरालासँगै बरिष्ठ पत्रकार शोभाकर पराजुलीको पनि उपस्थिति थियो।

नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला नेतृत्वको सरकारले २०१६ सालमा सरकारको स्वस्थ आलोचना, टिप्पणी र खवरदारी गरिरहनका लागि भनी पत्र पत्रिकालाई राज्यको तर्फबाट मासिक नगद सहयोगको व्यवस्था गरेका थिए।

२०४८पछि प्रधानमन्त्री भएका प्रधानमन्त्री तथा पार्टीको पूर्वसभापति गिरिजाप्रसाद कोइरालाले देशमा कुनै राजनीतिक संकट, समस्या र बिबाद आउँदा साप्ताहिक पत्र पत्रिकाका सम्पादकहरुसँग भेटेर सुझाव माग्ने गर्दथे।

उनी बीपी कोइराला र गिरिजप्रसाद कोइरालाले साप्ताहिक पत्रपत्रिकाको महत्व बुझेर सम्पादकहरुलाई भेटेर सुझाव र सल्लाह लिने गर्दथे त्यही मार्गमा कांग्रेसका बरिष्ठ नेता डा. शेखर कोइरालाले साप्ताहिकका सम्पादकहरुसँग सल्लाह लिएका छन्।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० चैत्र १६, १४: २३

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० चैत्र १६, १४: २३

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० चैत्र १६, १४: २३

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...