
काठमाडौं । नेपाली कृषि वैज्ञानिकहरूको संस्था सोसाइटी अफ एग्रिकल्चरल साइन्टिस्ट (सास) नेपालको बृहत् छैटौँ राष्ट्रिय सम्मेलन तथा आठौँ साधारण सभा हुने भएको छ ।
ललितपुरमा आगामी बुधबार सो राष्ट्रिय सम्मेलन तथा आठौँ साधारण सभा हुने भएको हो ।
“कृषिमा रूपान्तरणका लागि अनुसन्धान प्रणाली” भन्ने नाराका साथ सो सम्मेलनमा करिब पाँच सय जनाको उपस्थिति रहनेछ ।
सो सम्मेलनले नेपालको कृषि अनुसन्धान प्रणालीलाई सबल र सुदृढ बनाई मुलुकको आर्थिक विकासको लक्ष्यमा योगदान पुर्याउन नीतिगत हिसाबले विशेष मार्गचित्र तयार गर्ने अपेक्षा गरिएको छ ।
सम्मेलनको पहिलो सत्रमा चार वटा विषयगत कार्यपत्र प्रस्तुति र छलफल तथा दोस्रो सत्रमा नयाँ कार्यसमिति गठन गर्ने कार्यक्रम छ ।
सन् १९९५ मा स्थापित यो संस्थाले कृषि अनुसन्धानको नीतिगत क्षेत्रमा सरकारलाई सल्लाह सुझाव दिने, कृषि वैज्ञानिकहरूको अनुसन्धानका उपलब्धिलाई जर्नलमार्फत प्रकाशन गर्ने, अन्तर्राष्ट्रिय तथा राष्ट्रिय स्तरका सभा सम्मेलन गर्ने, वैज्ञानिकहरूलाई पुरस्कृत गर्ने र तालिम प्रदान गर्ने, कृषि वैज्ञानिकहरूका अनुभवलाई प्रस्तुतीकरण मार्फत सम्प्रेषण गर्ने, वैज्ञानिकहरूका हकहितका सवालमा बहस, छलफल गर्ने लगायतका कार्यहरू गर्दै आएको छ ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...