कांग्रेसले भन्यो–रुसमा श्रम स्वीकृति दिएर सरकारले मर्ने बाटो खुलाएको – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

कांग्रेसले भन्यो–रुसमा श्रम स्वीकृति दिएर सरकारले मर्ने बाटो खुलाएको

काठमाडौं । नेपाली कांग्रेसका सांसद रमा कोइराला पौडेलले रुसमा श्रम स्वीकृति दिएर सरकारले युवाहरुलाई मर्ने बाटो खुलाएको बताएकी छिन् ।

आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले रुसी सेनामा भर्ती भएकालाई किन नेपाल फर्काउन सरकार चुकेको भन्दै प्रश्न गरिन् । उनले युद्धग्रस्त क्षेत्रमा रोजगारीका निम्ति जान छुट दिने सरकारको नीति कस्तो हो भन्दै थप प्रश्न गरिन् ।

“युवा धेरै भएको हो ? मर्नका लागि बाटो खुला गरेर पठाउने सरकारको चाहना हो ?,” उनले भनिन्, “युद्धग्रस्त देशमा श्रमिक पठाउने काम बन्द गरोस् । मरे मर जाऊ, अरूको लागि लड, मर भन्ने कस्तो हो ? सरकारलाई प्रश्न छ ।”

उनले देशभर महिलाको हत्या भइरहेको भन्दै सरकार र गृहमन्त्री के हेरेर बसेको भनी प्रश्न गरिन् । “युवतीको ज्यान गएको छ । हत्या गरिएको छ, गृहमन्त्री के हेरर बस्नुभएको छ ? एक हप्तामा सात÷आठजना युवतीको हत्या भएको छ, के हेरेर बसेको छ सरकार ?”

 

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० चैत्र १८, १३: ०७

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० चैत्र १८, १३: ०७

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० चैत्र १८, १३: ०७

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...