
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भ्रष्टाचारी कर्मचारीलाई कर्णालीमा सरुवा गरेर सरकारले डम्पिङ साइट बनाउन खोजेको हो भन्दै प्रश्न गरेका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै शाहीले यस्तो बताएका हुन् ।
उनले भने,‘यहाँ अपराध गर्ने, भ्रष्टाचार गर्ने कर्मचारीलाई मुगु पठाएर डम्पिङ साइट बनाउन खोजेको हो ? यदि डम्पिङ साइट बनाउने हो भने नेपालबाट अलग बनाउने हिम्मत राख्नुस् । हामी दमका साथ लड्छौं, विशाल खस साम्राज्यको इतिहास छ ।’
काम गर्न नसक्ने, कारबाहीमा पर्नुपर्ने कर्मचारी कर्णाली सरुवा गर्ने प्रवृत्तिप्रति आपत्ति जनाए । यस्तै उनले कर्णाली राजमार्ग निर्माण गर्न माग गरेका छन् ।
आगामी आर्थिक वर्षमा बजेट निर्माण गर्दा कर्णालीको विकासका लागि २ अर्ब बजेटको व्यवस्था गर्न शाहीको माग छ । उनले कर्णालीबाट स्याउ, जडीबुटी तथा रारा ताल लक्षित पर्यटन विकासबाट वार्षिक अरबौँ रुपैयाँ आम्दानी गर्न सक्ने सम्भावनाप्रति सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...