
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले कर्णाली प्रदेशमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुदको मिति र प्रथम पारा राष्ट्रिय खेलकुदको मिति तोक्नका लागि युवा तथा खेलकुद मन्त्रायमा अनुरोध गरेको छ ।
राखेपले दशौं राष्ट्रिय र प्रथम पारा खेलकुदको मिति तोक्न मन्त्रालयलाई अनुरोध गरेको हो ।
गत वर्ष गण्डकी प्रदेशमा आयोजना भएको नवौं राष्ट्रिय खेलकुदको दौरान भएको राखेपको ११५औं बोर्ड बैठकले दशौं राष्ट्रिय खेलकुद २०८१ साल मंसिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशमा आयोजना गर्ने घोषणा गरेको थियो ।
वृहत राष्ट्रिय खेलकुद चक्रिए प्रणाली अनुसार हरेक दुई–दुई वर्षमा आयोजना हुने व्यवस्था छ ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...