
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले आफ्नो निर्वाचन क्षेत्रका जनताले स्वच्छ खानेपानी पिउन नपाएको बताएका छन् ।
सोमबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै उनले भने, ‘काठमाडौंका जनताको घरको धारामा पानी होइन सभामुख महोदय, मानव मलमूत्र मिसिएको गनाउने कालो ढल आउँछ ।’
सांसद पराजुलीले अगाडि भने, ‘मेरो निर्वाचन क्षेत्र काठमाडौं–७ को महानगरको मुटुमा रहेका वडा नम्बर २५, २६, २४, १७ लगायतका क्षेत्र असन इन्द्रचोकको कुरा गर्दैछु । सहरभित्रका नागरिक ढलको पानी धारामा पठाइदिए बापत केयुकेललाई शत प्रतिशत बढेको शुल्क तिर्न बाध्य छन् यो कस्तो विडम्बना हो ?’
यस्तो अवस्थाको अध्ययन गरी खानेपानी मन्त्रालयले सहरभित्रको खानेपानी वितरण प्रणाली व्यवस्थित बनाउनुपर्ने उनको माग छ ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...