वैदेशिक रोजगारीमा जानेको मासिक तलब एक लाख तोकियोस्ः सांसद राई – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

वैदेशिक रोजगारीमा जानेको मासिक तलब एक लाख तोकियोस्ः सांसद राई

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद रामकुमार राईले वैदेशिक रोजगारीमा जानेहरूको मासिक तलब एक लाख तोक्न माग गरेका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा रोजगारीमा गएकाहरूले काम नपाएर जेलमा बस्नुपरेको बताए ।

“वैदेशिक रोजगारीमा विशेष गरेर फ्री भिसामा जानेहरूलाई डेढ लाखदेखि दुई लाख दिएर पठाइरहेको छ । तर, कतिले काम पाइरहेको छैन । भनिरहेको कम्पनीमा काम पाइरहेको छैन । बेरोजगार भएर जेलमा जसरी बस्नुपरेको छ । यसमा सरकारले पहलकदमी लियोस्,” उनले भने, “विदेश पठाउँदा कम्तीमा यहाँका नेपाली दाजुभाइहरूलाई एक लाख बराबरको महिनाको तलब तोकेर मात्र पठाउने गरियोस् ।”

त्यस्तै, उनले ०७२ सालमा गएको भूकम्प पीडितलाई राहत रकमको किस्ता उपलब्ध गराउन पनि माग गरे । “सरकारले अहिले पनि वक्यौता दिन बाँकी छ,” राईले भने, “यो राहत हो कि आहत हो ? राहत भए तुरुन्त भुक्तानी दिनुपर्‍यो ।”

 

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० चैत्र १९, १४: ४२

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० चैत्र १९, १४: ४२

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० चैत्र १९, १४: ४२

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...