
काठमाडौं । राजधानीको लैनचौरस्थित अमृत साइन्स क्याम्पस (अस्कल) मा नेकपा एमालेनिकट अनेरास्ववियू र माओवादी केन्द्र निकट अनेरास्ववियू क्रान्तिकारीका नेताहरुबीच सोमबार झडप भएको छ।
संघीय सरकार र प्रदेश सरकारमा सत्ता साझेदारी गरिरहेका दुई दलनिकछट विद्यार्थी नेताहरुबीच भलिबल खेलको विषयमा विवाद गरी भिडन्तमा उत्रिएका हुन्।
दुवै पक्षबीचको झडपमा परी माओबादी निकट अखिल क्रान्तिकारीका दुई विद्यार्थी घाइते भएका छन्। घाइते हुनेहरुमा अखिल क्रान्तिकारी अस्कल क्याम्पसका इकाइ कमिटी अध्यक्ष जितेन्द्र भण्डारी र उपाध्यक्ष विश्राम शर्मा छन््।
उनीहरुमाथि कुटपिट गरेको आरोपमा प्रहरी वृत्त सोह्रखुट्टेले एमाले भातृ संगठन अनेरास्ववियु अस्कल क्याम्पस इकाइ अध्यक्ष पंकज पाण्डे र इकाइ सदस्य गणेश शाहीलाई पक्राउ गरेको छ। कुटपिट गरेको आरोप लागेका खेम सिंह भने फरार रहेको प्रहरीले जनाएको छ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...