सिंगटी हाइड्रोले लगानी गरेको हेवा खोला आयोजना ११ महिनामा निर्माण सम्पन्न हुने  – Naya Bikalpa
June 19, 2024, Wednesday

सिंगटी हाइड्रोले लगानी गरेको हेवा खोला आयोजना ११ महिनामा निर्माण सम्पन्न हुने 

काठमाडौं। ह्याबिटाट पावर कम्पनी लिमिटेडले प्रवद्धर्न गरेको पाँचथरस्थित हेवा खोला ‘ए’ साना जलविद्युत आयोजना ११ महिनामा अर्थात आगामी वर्षको फागुनसम्म निर्माण सम्पन्न हुने भएको छ।

सिंगटी हाईड्रोको ५१ प्रतिशत लगानी रहेको उक्त आयोजनाको निर्माणकार्य सुरुवात भएको ८ महिना नपुग्दै ५० प्रतिशत पूरा भएको हो।

आयोजनाका अधिकारीकाअनुसार लक्ष्यभन्दा धेरै काम भएकोले कुनै प्राकृतिक विपत्ति वा काबु बाहिरको परिस्थिति सृजना नभए २०८१ को माघ अन्तिम साता निर्माण सम्पन्न हुनेछ।

पाँचथरको हेवाखोलामा निर्माणाधिन यो आयोजना ९.९ मेगावाट क्षमताको हो।

गत असार अन्तिम साताबाट निर्माणकार्य थालनी गरिएको उक्त आयोजनामा पहुँचमार्ग विस्तार, जग्गा व्यवस्थापन प्रक्रिया सम्पन्न भैसकेको छ भने समग्र निर्माणकार्य ५० प्रतिशत पूरा भैसकेको आयोजना निर्देशक मधुसूदन पौड्यालले जानकारी दिए।

उनका अनुसार हेडवक्र्स , विद्युत गृह लगायत जलविद्युत आयोजनका मुख्य संरचनाहरुको निर्माणकार्य निर्धारित उद्देश्य भन्दा धेरै अगाडि बढिरहेका छन्।

आयोजनामा प्रयोग हुने पेनस्टक पाईप नेपाल आईसकेको र हाल निर्माणस्थलसम्म ढुवानी भैरहेको छ। जडान हुने उपकरणको खरिद प्रकृया अन्तिम चरणमा पुगिसकेको निर्देशक पौड्यालको भनाई छ।

प्रतिमेगावाट १८ करोड ५० लाख लागतमा सम्पन्न हुने यो आयोजनामा माछापुच्छ्रे बैंकको अगुवाइमा माछापुच्छ्रे र  लुम्बिनी विकास बैंकको लगानी रहेको छ।

सिंगटी हाईड्रो ईनर्जी लिमिटेडको ५१ प्रतिशत लगानी रहेको उक्त आयोजनाबाट उत्पादित विद्युत  पाँचथरस्थित थापाटारमा रहेको नेपाल विद्युत प्राधिकरणको सवस्टेशनमा जोडिने छ।

आयोजनास्थलबाट थापाटारसम्म झण्डै ७ किलोमिटर प्रसारण लाईन निर्माणको काम समेत अघि बढिसकेको आयोजनाले जनाएको छ।

सम्बन्धित समाचार

मन्त्रिपरिषद्को निर्णय बमोजिम दर्ता भएका क्रसर उद्योगको नविकरण गर्न सांसद खानको माग
मन्त्रिपरिषद्को निर्णय बमोजिम दर्ता भएका क्रसर उद्योगको नविकरण गर्न सांसद खानको माग
  • २०८० चैत्र २०, ०७: ५४

काठमाडौं। जनमत पार्टीका बरिष्ठ उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य अब्दुल खानले क्रसर उद्योगीले राखेको जायज माग पुरा गर्नु पर्ने माग गरेका...

काजीलाई परराष्ट्रबाट हटाएर डा.सीकेलाई उपप्रधानमन्त्री बनाउने निष्कर्षमा दाहाल र ओली
काजीलाई परराष्ट्रबाट हटाएर डा.सीकेलाई उपप्रधानमन्त्री बनाउने निष्कर्षमा दाहाल र ओली
  • २०८० चैत्र २०, ०७: ५४

  काठमाडौं। जनमत पार्टीका अध्यक्ष समेत रहेका प्रतिनिधि सभा सदस्य डा.सीके (चन्द्रकान्त) राउतलाई उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्री बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’...

राप्रपा अध्यक्ष लिङ्देनले रोष्ट्रममै च्याते भौतिक मन्त्रालयको विनियोजन पुस्तिका
राप्रपा अध्यक्ष लिङ्देनले रोष्ट्रममै च्याते भौतिक मन्त्रालयको विनियोजन पुस्तिका
  • २०८० चैत्र २०, ०७: ५४

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको आगामी आर्थिक वर्ष २०८१–०८२को लागि विनियोजन पुस्तिका...