नेपालको आर्थिक वृद्धि ३.३ प्रतिशत हुने वर्ल्ड बैंकको प्रक्षेपण – Naya Bikalpa
July 24, 2024, Wednesday

नेपालको आर्थिक वृद्धि ३.३ प्रतिशत हुने वर्ल्ड बैंकको प्रक्षेपण

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ मा नेपालको आर्थिक वृद्धि ३.३ प्रतिशत हुने विश्व बैंकले प्रक्षेपण गरेको छ ।

मंगलबार ‘साउथ एसिया डेभलपमेन्ट अपडेट’ सार्वजनिक गर्दै यस्तो प्रक्षेपण सार्वजनिक गरिएको हो । सरकारले चालु आव ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको छ ।

गत जनवरी (पुस)मा विश्व बैंकले नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत हुने प्रक्षेपण सार्वजनिक गरेको थियो । अहिले त्यसमा केही घटाएको हो । गत आव २०७९/८० मा नेपालको आर्थिक वृद्धि २.२ प्रतिशत थियो ।

आगामी आव नेपालको अर्थतन्त्र ४.६ प्रतिशतले विस्तार हुने प्रक्षेपण समेत विश्व बैंकले गरेको छ । सन् २०२६ मा भने ५.३ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान उसको छ ।

यो वर्ष मूल्यवृद्धि ६.७ प्रतिशतमा सीमित हुने तथा आगामी वर्षहरूमा क्रमशः ६ प्रतिशत र ५.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण विश्व बैंकको छ ।

त्यसैगरी चालु खाता यो वर्षका साथै आगामी दुई वर्ष पनि नाफामै रहने प्रक्षेपण विश्व बैंकले गरेको छ ।

विश्व बैंकले साउथ एशियाको लागि गरेको प्रक्षेपणः

 

सम्बन्धित समाचार

विमानस्थलमा आपतकालिन उद्धार संयन्त्र झुरः भिआईपीले थपे सकस
विमानस्थलमा आपतकालिन उद्धार संयन्त्र झुरः भिआईपीले थपे सकस
  • २०८० चैत्र २०, १३: ०८

काठमाडौं। मुलुकको एक मात्र अन्तराष्ट्रिय विमानस्थल (संचालित) त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आपतकालिन अवस्थामा गरिने उद्धारको प्रवन्ध कति कमजोर रहेछ भन्ने तथ्य...

सौर्य एयरलाइन्स दुर्घटनामा परि एकै परिवारका तीन जनाको निधन
सौर्य एयरलाइन्स दुर्घटनामा परि एकै परिवारका तीन जनाको निधन
  • २०८० चैत्र २०, १३: ०८

काठमाडौं। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल परिषरमा उडान भर्नासाथ दुर्घटना भएको सौर्य एयरलाइन्समा सवार एकै परिवारका तीन जनाको निधन भएको छ। सौर्य...

बागमती प्रदेशमा कांग्रेसका ३ र एमालेका ६ सहित ९ मन्त्रीले लिए सपथ
बागमती प्रदेशमा कांग्रेसका ३ र एमालेका ६ सहित ९ मन्त्रीले लिए सपथ
  • २०८० चैत्र २०, १३: ०८

हेटौंडा। बागमती प्रदेशमा नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामासहित ९ जना मन्त्रीहरुले सपथ लिएका छन्। नेपाली कांग्रेसबाट कुन्दनराज काफ्ले, श्याम खड्का र...