लामिछाने लक्षित गरी युवराज सफलले दायर गरेको रिटलाई अग्राधिकार दिन आदेश – Naya Bikalpa
July 24, 2024, Wednesday

लामिछाने लक्षित गरी युवराज सफलले दायर गरेको रिटलाई अग्राधिकार दिन आदेश

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने लक्षित गरेर अधिवक्ता युवराज सफलले सर्वोच्च अदालतमा दायर गरेको रिटलाई अग्राधिकार दिन आदेश भएको छ।

सफलले सोमबार दर्ता गराएको रिट निवेदनमा जाहेरी दरखास्त परेको व्यक्तिलाई प्रधानमन्त्री र प्रहरी प्रमुखले समेत प्रतिरक्षा गरेको रिट निवेदनमा उल्लेख गरेका छन्।

स्वार्थ जोडिएका व्यक्तिहरु मन्त्री बन्न र बनाउन नहुने गरी संविधान र कानुनको व्याख्या गरी सो को कार्यान्वयन गर्नु गराउनु भनी परमादेश जारी गर्न उनले माग गरेका छन्।

युवराज (सफल )पौडेल ले स्वार्थ जोडिएको मन्त्रालय वा कुनै निकायको प्रमुखमा स्वार्थ जोडिएको व्यक्ति हुन नपाउने माग राख्दै सर्बोच्च अदालतमा सोमबार दर्ता गरेको रिटको सर्वोच्चका न्यायाधिश डा. मनोजकुमार शर्माको एकल इजलासले कारण देखाउ आदेश र रिटलाई अग्राधिकार दिने आदेश दिएको हो।

रिटमा उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रतिनिधि सभा, राष्ट्रिय सभालगायत राजनीतिक दलहरुलाई विपक्षी बनाइएको छ।

सुशासन ऐन–२०६४ को दफा १८ मा समेत स्वार्थ बाझिएकोमा निर्णय गर्न नपाउने भनी प्रष्ट व्यवस्था रहेको उनको दाबी छ।

 

सम्बन्धित समाचार

विमानस्थलमा आपतकालिन उद्धार संयन्त्र झुरः भिआईपीले थपे सकस
विमानस्थलमा आपतकालिन उद्धार संयन्त्र झुरः भिआईपीले थपे सकस
  • २०८० चैत्र २०, १३: ४१

काठमाडौं। मुलुकको एक मात्र अन्तराष्ट्रिय विमानस्थल (संचालित) त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आपतकालिन अवस्थामा गरिने उद्धारको प्रवन्ध कति कमजोर रहेछ भन्ने तथ्य...

सौर्य एयरलाइन्स दुर्घटनामा परि एकै परिवारका तीन जनाको निधन
सौर्य एयरलाइन्स दुर्घटनामा परि एकै परिवारका तीन जनाको निधन
  • २०८० चैत्र २०, १३: ४१

काठमाडौं। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल परिषरमा उडान भर्नासाथ दुर्घटना भएको सौर्य एयरलाइन्समा सवार एकै परिवारका तीन जनाको निधन भएको छ। सौर्य...

बागमती प्रदेशमा कांग्रेसका ३ र एमालेका ६ सहित ९ मन्त्रीले लिए सपथ
बागमती प्रदेशमा कांग्रेसका ३ र एमालेका ६ सहित ९ मन्त्रीले लिए सपथ
  • २०८० चैत्र २०, १३: ४१

हेटौंडा। बागमती प्रदेशमा नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामासहित ९ जना मन्त्रीहरुले सपथ लिएका छन्। नेपाली कांग्रेसबाट कुन्दनराज काफ्ले, श्याम खड्का र...