कांग्रेसभित्र फेरिे हिन्दुराष्ट्र अभियानको चर्चा – Naya Bikalpa
January 24, 2025, Friday

कांग्रेसभित्र फेरिे हिन्दुराष्ट्र अभियानको चर्चा

काठमाडौं । नेपाली कांग्रेस भित्र फेरि सनातन हिन्दु राष्ट्रको अभियानले चर्चा पाउन थालेको छ।

सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानको हालै बसेको बैठकले अभियानलाई व्यापक र देशव्यापी बनाउन संगठनलाई जिल्ला स्तरमा बिस्तार गर्दै जाने, कांग्रेसका सभापतिसहित अन्य दलको प्रमुखहरुलाई ज्ञापन पत्र बुझाउनेलगायतका कार्यक्रम तय गरेको छ।

अभियानका सहसंयोजक एवम् प्रवाक्ता लोकेश ढकालले प्रदेश र केन्द्रमा वृहत सम्मेलन गर्दै धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन हिन्दूराष्ट्र नेपालको पक्षमा आम जनताले बुझ्ने गरी अभियान चलाउने जानकारी दिए।

अभियानका प्रवक्ता ढकालद्वारा जारी विज्ञप्तिमा अभियानका पदाधिकारी र कांग्रेसका हिन्दुराष्ट्र अभियान पक्षधर केन्द्रीय सदस्यहरुबीच भएको बैठकले महासमिति बैठकमा संविधानबाट धर्मनिरपेक्ष राष्ट्रको प्रावधानलाई खारेज गरेर धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन हिन्दूराष्ट्र नेपाल कायम गर्न पार्टीले अग्रसरता लिओस् भन्ने माग गर्दै सञ्चालन गरेको हस्ताक्षरको पक्षमा उभिएका ४२ केन्द्रीय सदस्यको साथले ठूलो बल पुगेको जनाइएको छ।

केन्द्रीय समन्वय समितिकोको तर्फबाट ढकालले जारी गरेको बक्तव्यमा हिन्दूराष्ट्र स्थापना महाअभियानका संस्थापक संयोजक एवम् नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको छैठौं स्मृति दिवसमा देशको प्रजातान्त्रिक आन्दोलन र महाअभियानको स्थापनामा स्वर्गीय खड्काको योगदानको उच्च मूल्याङ्कन गरिएको जनाएका छन्।

नेपाली कांग्रेस, केन्द्रीय कार्यसमिति सदस्य, नेपाली कांग्रेस, सनातन हिन्दूराष्ट्र स्थापना महाअभियानका संयोजक माननीय शंकर भण्डारीको सभापतित्वमा सम्पन्न बैठकमा संयोजक भण्डारी, महाअभियानका सल्लाहकार संयोजक लक्ष्मणप्रसाद घिमिरे, महाअभियानका सह–संयोजकद्धय कांग्रेस केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल, लोकेश ढकालले दृढतापूवर्क अघि बढ्ने बताए।

बैठकमा कांग्रेस केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडु, कांग्रेसको मुगु जिल्ला सभापति ऐनबहादुर शाही, कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री उमा अधिकारी, अभियानका केन्द्रीय सदस्य पुष्पा भुसाल, प्रदेशसभा सदस्य डा. रणबहादुर रावल, संविधान सभा सदस्य मुख्तार अहमद, संविधान सभा सदस्य रिता शाहीले अभियानको औचित्य र आगामी कार्यक्रम बारे सुझाव दिएका थिए।

बैठकमा प्रा.डा. सिर्जना शर्मा, डा. रघुराज काफ्ले, महाअभियानका कोषाध्यक्ष भानुभक्त ढकाल, सचिव भरतराज पौडेल, महासमिति सदस्य मुक्ति आचार्य, तरुण दलका पूर्वमहामन्त्री पुष्प पराजुली, नेविसंघ केन्द्रीय सदस्य अनुराग शाह, शंकरदेव क्याम्पस स्ववियू सभापति सुशान्तसिंह बस्नेत आदिले बैठमा विचार राख्दै महाअभियानलाई दृढतापूर्वक अगाडी बढ्न सुझाव दिएका थिए।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाको तापक्रम क्रमशः बढ्दो
काठमाडौँ उपत्यकाको तापक्रम क्रमशः बढ्दो
  • २०८० चैत्र २०, १९: ३७

काठमाडौं : हाल देशको पश्चिमी भू–भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी...

बाँध मर्मतको काम अन्तिम चरणमा
बाँध मर्मतको काम अन्तिम चरणमा
  • २०८० चैत्र २०, १९: ३७

राैतहट : राजदेवी नगरपालिकास्थित बागमती नदीमा भत्केको बाँध मर्मत गर्ने काम अन्तिम चरणमा पुगेको छ । नगरपालिकाका प्रमुख भिखारी यादव,...

महाभारतमा आगलागी : सेना परिचालन, पर्यटकीय क्षेत्रमा जान रोक
महाभारतमा आगलागी : सेना परिचालन, पर्यटकीय क्षेत्रमा जान रोक
  • २०८० चैत्र २०, १९: ३७

काभ्रे : काभ्रेको दक्षिणी क्षेत्रस्थित महाभारत पर्वतशृंखलाको सामुदायिक वनमा मंगलबार दिउँसोदेखि सुरू भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन। जिल्लास्थित...