
काठमाडौं । नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरी विश्वका अर्बपतिहरुको सूचीमा ११७ स्थान तल झरेका छन् ।
फोर्ब्सको रियल टाइम बिलिनियर्स सूचीअनुसार चौधरी अहिले १७६४औं स्थानमा रहेका छन् ।
सन् २०२३ मा चौधरी अर्बपतिहरुको सूचीमा १६४७औं स्थानमा थिए । तर, एकै वर्षमा उनको स्थान ११७ ले खस्किएको छ ।
सन् २०२३ मा चौधरीको कुल सम्पत्ति १.८ बिलियन डलर रहेको थियो भने सन् २०२४ मा पनि उनको सम्पत्ति बढेको छैन ।
फोर्ब्सका अनुसार सन् २०१९ मा चौधरीको सम्पत्ति १.७ बिलियन डलर रहेकोमा २०२०/२०२१ मा घटेर १.४ बिलियन पुगेको थियो ।
सन् २०२२ मा उनको सम्पत्तिमा केही वृद्धि भएर १.५ बिलियन अमेरिकी डलर पुगेको थियो । सन् २०२३ मा उनको सम्पत्ति बढेर १.८ बिलियन डलर पुगेको थियो ।
त्यसपछि भने चौधरीको सम्पत्ति स्थिर अवस्थामा रहेको छ ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...