चैत २८ गते राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन – Naya Bikalpa
June 19, 2024, Wednesday

चैत २८ गते राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन

 

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन यही चैत २८ गते हुने भएको छ ।

बुधबारको राष्ट्रियसभा बैठकमा अध्यक्ष नारायण दाहालले निर्वाचनको मितिबारे जानकारी गराएका हुन् ।

उनले राष्ट्रियसभा नियमावली २०७५ को नियम ८ बमोजिम निर्वाचन हुने बताए । नियमावली बमोजिम उपाध्यक्ष पदको निर्वाचन कार्यक्रम प्रकाशन गर्न संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयलाई निर्देशन दिए ।

राष्ट्रियसभाको अर्को बैठक चैत २८ गते १ः१५ बजे बस्ने तय भएको छ । उपाध्यक्ष उर्मिला अर्यालले चैत १५ गते राजीनामा दिएपछि रिक्त पदमा निर्वाचन हुन लागेको हो ।

सत्ता गठबन्धनको भागबण्डाअनुसार दाहाल माओवादीको कोटाबाट अध्यक्ष बनेका थिए । अर्को दललाई उपाध्यक्ष दिन अर्यालले राजीनामा दिएकी हुन् ।

सम्बन्धित समाचार

मन्त्रिपरिषद्को निर्णय बमोजिम दर्ता भएका क्रसर उद्योगको नविकरण गर्न सांसद खानको माग
मन्त्रिपरिषद्को निर्णय बमोजिम दर्ता भएका क्रसर उद्योगको नविकरण गर्न सांसद खानको माग
  • २०८० चैत्र २१, १५: ०५

काठमाडौं। जनमत पार्टीका बरिष्ठ उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य अब्दुल खानले क्रसर उद्योगीले राखेको जायज माग पुरा गर्नु पर्ने माग गरेका...

काजीलाई परराष्ट्रबाट हटाएर डा.सीकेलाई उपप्रधानमन्त्री बनाउने निष्कर्षमा दाहाल र ओली
काजीलाई परराष्ट्रबाट हटाएर डा.सीकेलाई उपप्रधानमन्त्री बनाउने निष्कर्षमा दाहाल र ओली
  • २०८० चैत्र २१, १५: ०५

  काठमाडौं। जनमत पार्टीका अध्यक्ष समेत रहेका प्रतिनिधि सभा सदस्य डा.सीके (चन्द्रकान्त) राउतलाई उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्री बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’...

राप्रपा अध्यक्ष लिङ्देनले रोष्ट्रममै च्याते भौतिक मन्त्रालयको विनियोजन पुस्तिका
राप्रपा अध्यक्ष लिङ्देनले रोष्ट्रममै च्याते भौतिक मन्त्रालयको विनियोजन पुस्तिका
  • २०८० चैत्र २१, १५: ०५

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको आगामी आर्थिक वर्ष २०८१–०८२को लागि विनियोजन पुस्तिका...