नेपालले दियो गुजरातलाई १८२ रनको लक्ष्य – Naya Bikalpa
July 24, 2024, Wednesday

नेपालले दियो गुजरातलाई १८२ रनको लक्ष्य

काठमाडौं। एसएमएस फ्रेण्डसीप कप टी–२० क्रिकेटमा नेपालले गुजरातलाई १८२ रनको लक्ष्य दिएको छ।

भारतमा जारी फ्रेण्डसीप कपमा बुधाबार नेपालले पूरै ओभर खेलेर ७ विकेटको क्षतिमा १८१ रन बनाएको हो। नेपालका लागि आसिफ शेख र कुशल भूर्तेलले उल्लेख्य पारी खेले।

आसिफले ५१ बलमा ८५ र कुशलले ४४ बलमा ६७ रन बनाए।

अन्य खेलाडीको प्रदर्शन उल्लेख्य हुन सकेन। विवेककुमार यादव ७ र प्रतिश जिसी ४ रनमा अविजित रहे। गुल्शन झाले ४, कप्तान रोहितकुमार पौडेलले ३, सन्दीप जोराले २ र कुशल मल्लले १ रन बनाए। अनिल साह डकआउट भए।

गुजरातका लागि जेमित पटेलले ३ तथा आर्या देशाईं र ध्रुशान्त सोनीले २–२ विकेट लिए।

नेपालले जारी प्रतियोगितामा यसअघिका दुवै खेलमा जित निकालेको छ । बुधबारको खेलमा समेत जित निकाले नेपाल एक खेल अगावै फाइनलमा पुग्नेछ ।

सम्बन्धित समाचार

विमानस्थलमा आपतकालिन उद्धार संयन्त्र झुरः भिआईपीले थपे सकस
विमानस्थलमा आपतकालिन उद्धार संयन्त्र झुरः भिआईपीले थपे सकस
  • २०८० चैत्र २१, १६: ४२

काठमाडौं। मुलुकको एक मात्र अन्तराष्ट्रिय विमानस्थल (संचालित) त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आपतकालिन अवस्थामा गरिने उद्धारको प्रवन्ध कति कमजोर रहेछ भन्ने तथ्य...

सौर्य एयरलाइन्स दुर्घटनामा परि एकै परिवारका तीन जनाको निधन
सौर्य एयरलाइन्स दुर्घटनामा परि एकै परिवारका तीन जनाको निधन
  • २०८० चैत्र २१, १६: ४२

काठमाडौं। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल परिषरमा उडान भर्नासाथ दुर्घटना भएको सौर्य एयरलाइन्समा सवार एकै परिवारका तीन जनाको निधन भएको छ। सौर्य...

बागमती प्रदेशमा कांग्रेसका ३ र एमालेका ६ सहित ९ मन्त्रीले लिए सपथ
बागमती प्रदेशमा कांग्रेसका ३ र एमालेका ६ सहित ९ मन्त्रीले लिए सपथ
  • २०८० चैत्र २१, १६: ४२

हेटौंडा। बागमती प्रदेशमा नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामासहित ९ जना मन्त्रीहरुले सपथ लिएका छन्। नेपाली कांग्रेसबाट कुन्दनराज काफ्ले, श्याम खड्का र...