
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले रुसमा पुन श्रम स्वीकृति खुला गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।
रुस–युक्रेन द्वन्द्व, रुसमा नेपाली अवैधानिक रूपमा सेनामा भर्ति भएको लगायत कारण देखाएर सरकारले बन्द गरेको श्रम स्वीकृति संघकै पहलमा खुला गरिएको थियो ।
तर सरकारले पुनः चैत २० गतेबाट बन्द गरेपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल मार्फत् एनआरएनएले सरकारको ध्यानाकर्षण गराएको हो ।
गैरआवासीय नेपाली संघका अध्यक्ष डा.बद्री केसी नेतृत्वको प्रतिनिधिमण्डलले मन्त्री अर्याललाई भेटेर कुनै पनि कुरामा समस्या आउना साथ प्रतिबन्ध लगाउन नहुनेमा जोड दिएको छ ।
अध्यक्ष केसीले श्रम स्वीकृति खुला गर्नुपर्नेमा जोड दिए ।
जवाफमा मन्त्री अर्यालले रुसको विषय कुनै मन्त्रालयगत नभइ समग्र राज्य सरोकारको विषय भएको बताए ।
सरकारले यथोचित रूपमा समाधान गर्ने र त्यसका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...