पहाडी भागमा चट्याङ्गसहित वर्षा – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

पहाडी भागमा चट्याङ्गसहित वर्षा

काठमाडौँ । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले देशभरको मौसममा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ। दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भागमा बदली रही बाँकी भागमा पानी पर्ने छ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग र कोशी, बागमती प्रदेशका पहाडी भागमा चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज राति कर्णाली प्रदेशको पहाडी भागमा चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हिमपातको सम्भावना रहेको छ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० चैत्र २३, ०७: १६

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० चैत्र २३, ०७: १६

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०८० चैत्र २३, ०७: १६

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...