प्रजातन्त्र पुनर्वाहली र चैत २४ को महत्व – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

प्रजातन्त्र पुनर्वाहली र चैत २४ को महत्व

२०१७ पुस १ गते तत्कालीन राजा महेन्द्रले खोसेको प्रजातन्त्र २०४६ साल चैत २६ गते पुनःस्थापना भएको थियो ।

३० वर्षे निर्दलीय पञ्चायती व्यवस्थालाई घुँडा टेकाएको ऐतिहासिक आन्दोलनको स्मरण गर्दा चैत २४ गते राजधानीसहित देशका मुख्य मुख्य शहरमा भएको जनउभार र जनताको बलिदानीपूर्ण सहभागिताले निरंकुस पञ्चायति व्यवस्थाका शासकहरु घुँडा टेक्न वाध्य भएका थिए । प्रजातन्त्र पुनस्र्थापना भएको ३६ वर्ष हुँदैछ । यो अवधिमा धेरै राजनीतिक दलहरुले कार्यकारी सरकारको नेतृत्व लिए । तर जनताको आशा बमोजिम देशको उन्नति र विकास हुन सकेको छैन ।

युग सुहाउँदो र दू्रत गतिमा विकास हुन नसक्दा आज पनि नागरिकमा उत्तिकै निरासा र आक्रोस छ । यसलाई संवोधन गर्न प्रजातन्त्र पक्षधर राजनीतिक दलहरुले दलीय स्वार्थभन्दा माथि उठेर देशको लागि केही गर्ने बेला आएको छ । जनताको सर्वोच्चतासहित देशमा वास्तविक लोकतन्त्रको प्रत्याभूति हरेक जनताले गर्न सकोस् भन्ने ध्येयका साथ जनआन्दोलनमा आम नागरिकहरु होमिएका थिए । तर उनीहरुको त्यो आशा अझै पुरा भएको छैन । अहिले देशमा ‘लोकतन्त्र आएको हो कि लुटतन्त्र आएको हो ?’ भनेर आमनागरिक राज्यमाथि नै प्रश्न गर्न थालेका छन् ।

देश भ्रष्टाचारले हसनहस पारेका घटनाहरु एक पछि अर्को गर्दै आइरहेका छन् । अहिले आम जनताहरु निराश भएका र जनताको निराशामा निकास र बदलावका लागि दलहरुले कार्यक्रम लिएर आउन सकेका छैनन् । ०४६ पछिका विभिन्न आन्दोलनको उपलब्धी संस्थागत हुन सकेको छैन । संविधान सभामार्फत जारी भएको संविधानले पनि जनता ठग्नेभन्दा बाहेक अर्को कुनै काम गर्न नसकेको उनले बताए । संविधानमा सबै चिज भएपनि जनताले केही पनि पाउन नसकेको उनको भनाइ छ । संविधानले धेरै छोटेराजा जन्माउने काम गरेको टिप्पणी गरे ।

नेताहरुले नेपाली जनतालाई ढाँट्ने र ठग्ने काम गरेको दाबी गर्दै उनले देशमा व्यप्त बेथिति, भ्रष्टाचार र कुसासनबिरुद्ध समाजका सबै वर्ग, लिंग, क्षेत्र र समुदायका व्यक्तिहरुले दलिय स्वार्थभन्दा माथि उठेर सुशासन र विकासका लागि एक पटक दबाबमुलक अभियान संचालन गर्नु पर्ने देखिन्छ । नेपाली जनताको अधिकारलाई स्थापित गर्नका निमित्त शान्तिको देश भनेर विश्वले चिन्नेको नेपालमा शान्तिपूर्ण र वैधानिक दबाबको खाँचो देखिन्छ ।

                                                (नयाँ विकल्प साप्ताहिक बाट)

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० चैत्र २३, १४: ५२

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० चैत्र २३, १४: ५२

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० चैत्र २३, १४: ५२

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...