खानेपानीका स्रोतलाई संकलन गर्न एकीकृत प्रणाली बनाऔँः सांसद पौडेल – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

खानेपानीका स्रोतलाई संकलन गर्न एकीकृत प्रणाली बनाऔँः सांसद पौडेल

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले काठमाडौं उपत्यकाभित्र छरिएर रहेका सम्भावित पानीका स्रोतलाई एकीकृत गरी संकलन गर्ने सर्वेक्षणका निम्ति आग्रह गरेका छन् ।

आइतबार खानेपानी मन्त्रालयमा सांसदहरूसँग मेलम्ची खानेपानी आयोजनाको दिगो व्यवस्थापनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले आजसम्म गरिएका कामको समीक्षापछि मात्र थप लगानी गर्न आग्रह गरे ।

उनले शिवपुरी जलाधार क्षेत्रभित्र रहेका खानेपानीको स्रोत व्यवस्थित र स्तरोन्नति गर्दै पानीको चुहावट रोक्नुपर्नेमा जोड दिए ।

“चण्डेश्वरी, विष्णुपादुका, मुहानपोखरी लगायत स्रोतलाई व्यवस्थित तथा स्तरोन्नति गर्दै पानीको चुहावट रोक्ने तथा छरिएर रहेका अन्य खानेपानीका विभिन्न स्रोतलाई समेत एकीकृत संकलन गरी बूढानीलकण्ठ, टोखा र महानगरमा वितरण गर्न सकिन्छ,” उनले भने ।

उनले खानेपानी योजनामा लगानी खेर जाने स्थिति आउन नदिन थप अध्ययन गरेर मात्र हेडवर्क्स निर्माण गरिनुपर्ने बताए ।

एडीबीको अध्ययन र पुल्चोक इन्जिनियरिङ कलेजले रिभ्यु गरेको प्रतिवेदन कार्यक्रममा सार्वजनिक गरिएको थियो ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० चैत्र २५, १५: २९

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० चैत्र २५, १५: २९

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० चैत्र २५, १५: २९

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...