अर्थका ६ उपसचिवलाई कामु भन्सार प्रमुखको जिम्मेवारी – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

अर्थका ६ उपसचिवलाई कामु भन्सार प्रमुखको जिम्मेवारी

काठमाडौं । अर्थ मन्त्रालयका ६ उपसचिवले कायम मुकायम (कामु) भन्सार प्रमुखको जिम्मेवार पाएका छन् ।

शाखा अधिकृतबाट सहसचिव भएका पहिलो चरणका ६ जनाले भन्सार कार्यालयको कामु प्रमुखको जिम्मेवारी पाएका हुन् ।

अर्थ मन्त्रालय स्रोतका अनुसार चोभार भन्सार कार्यालयको कामु प्रमुखको जिम्मेवारी युक्तप्रसाद सुवेदीले पाएका छन् । त्यस्तै, सुनसरी भन्सार कार्यालयको कामु प्रमुखको जिम्मेवारी राधेश्याम दाहालले पाएका छन् ।

त्यसैगरी धनुषाको जनकपुर भन्सार कार्यालयमा राजेन्द्र बस्नेत, मलंगवारको सर्लाही भन्सार कार्यालयमा उषा पोखरेल, रौतहटको गौर भन्सार कार्यालयमा सुजितकुमार सिंह र सिरहा भन्सारको कामु प्रमुखको जिम्मेवारी तोयनारायण सापकोटालाई दिइएको छ ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० चैत्र २७, १३: ५५

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
  • २०८० चैत्र २७, १३: ५५

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.६२...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० चैत्र २७, १३: ५५

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...