
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भद्रकाली क्षेत्रमा गरेका प्रदर्शनमा प्रहरीसँग झडप हुँदा १४ जना कार्यकर्ता घाइतेसहित दुई जनालाई प्रहरीले पक्राउ गरेपछि गृहमन्त्रालयको जिम्मेवारी सम्हालेका उपप्रधानमन्त्री रबी लामिछानेको राजिनामा मागेको छ।
आफ्ना ४०बुँदे माग राखेर प्रदर्शन गर्ने पक्रममा प्रहरीसँग झडप हुँदा राप्रपाका १४ जना घाइते भएको र दुई जनालाई नियन्त्रणमा लिइएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ।
झडपका क्रममा प्रदर्शनकारीले ढुंगा हान्ने र निषेधित क्षेत्रतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले राप्रपाका कार्यकर्तामाथि पानीमो फाहोरा र अश्रुग्यास प्रहार गरेको थियो।
प्रदर्शनकारीमाथि सुरूमा प्रहरीले पानीको फोहोरा र अश्रुग्यास हाने पनि प्रदर्शनकारी नरोकिएपछि लाठी चार्ज गरेको थियो।
राप्रपाले गणतन्त्र खारेज गर्नुपर्ने, राजासहितको शासन व्यवस्था हुनुपर्ने, धर्मनिरपेक्षता खारेज गरी नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने लगायतका माग राख्दै आएको छ।
प्रदर्शनको नेतृत्व पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन आफैंले गरेका छन्। निषेधित क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
‘गृहमन्त्री रवि लामिछानेलाई चेतावनी दिएर भन्न चाहन्छु, हामीले यो दिनलाई सम्झनामा राख्ने छौं’ प्रदर्शनपछि कोणसभालाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भने, ‘आजबाट गृहमन्त्रीले राजीनामाको माग पनि थपेर लैजान्छ। आजबाट ४० बुँदेमा एक बुँदा थपियो ।’
उनले प्रदर्शनमा सहभागीहरुलाई बानेश्वर गएर आमसभा गर्न समेत आह्वान गरेका छन् ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...