इरानको प्रदर्शन हिंसात्मक हुँदै – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

इरानको प्रदर्शन हिंसात्मक हुँदै

इरानमा विगत एक हप्तादेखि जारी प्रदर्शनको क्रममा थप नौ जनाको मृत्यु भएको इरानका सरकारी सञ्चारमाध्यमले जानकारी दिएका छन् । मृत्यु हुनेहरूको संख्या विगत पाँच दिनमा २१ पुगेको छ । काहदेरिजान सहरमा रहेको प्रहरी चौकीमा ठूलो संख्यामा आएका प्रदर्शनकारी र सुरक्षाबलबीचको झडपको क्रममा छ प्रदर्शनकारीको मृत्यु भएको हो ।

उक्त सहरमा अवस्थित प्रहरी चौकीमा आक्रमणको शैलीमा आएका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । मूल्य वृद्धिका विरुद्धमा गरिएको भनिएको सो प्रदर्शन हिंसात्मक हुँदै गएपछि हालसम्म २१ व्यक्तिको मृत्यु भएको र सयौँ प्रदर्शनकारी पक्राउ परेका छन्। प्रदर्शनकारीले देशमा आर्थिक समस्या थप जटिल बन्दै गएको र सरकारले त्यसलाई नियन्त्रणमा लिन नसकेको बताउँदै प्रदर्शन जारी राखेका छन्। इरानका राष्ट्रपति हसन रौहानी नेतृत्वको सरकारका विरुद्धमा विभिन्न सहरका ती प्रदर्शन लक्षित रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। यता राष्ट्रपति हसन रौहानीले भने कानून मिच्ने र विद्रोह गर्नेलाई इरानी जनताले राम्रैसँग प्रतिवाद गर्ने भनेका छन् ।

सम्बन्धित समाचार

अमेरिका–इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा
अमेरिका–इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा
  • २०७४ पुष २४, ०९: ०६

एजेन्सी : अमेरिकी राष्ट्रपति कार्यालयले इरानसँग भइरहेको सम्भावित सम्झौताबारे अन्तिम निर्णय आउन अझै केही दिन लाग्न सक्ने जनाएको छ ।...

कंगोमा इबोला संक्रमण तीव्र रूपमा फैलिँदै: ९०० भन्दा बढी केस, ११९ को मृत्यु
कंगोमा इबोला संक्रमण तीव्र रूपमा फैलिँदै: ९०० भन्दा बढी केस, ११९ को मृत्यु
  • २०७४ पुष २४, ०९: ०६

काठमाडौँ । अफ्रिकी देश कंगोमा Ebola virus disease को प्रकोप तीव्र गतिमा फैलिँदै गएको छ । देशको पूर्वी क्षेत्रमा देखिएको...

ह्वाइट हाउस बाहिर गोली चल्दा एक जनाको मृत्यु
ह्वाइट हाउस बाहिर गोली चल्दा एक जनाको मृत्यु
  • २०७४ पुष २४, ०९: ०६

काठमाडौँ । अमेरिकी राष्ट्रपतिको सरकारी निवास ‘ह्वाइट हाउस’ बाहिर गोली चलेको छ ।गोली चलाउने एक संदिग्ध बन्दुकधारी अमेरिकी गुप्तचर निकाय...