इरानको प्रदर्शन हिंसात्मक हुँदै – Naya Bikalpa
October 25, 2026, Sunday      Epaper

इरानको प्रदर्शन हिंसात्मक हुँदै

इरानमा विगत एक हप्तादेखि जारी प्रदर्शनको क्रममा थप नौ जनाको मृत्यु भएको इरानका सरकारी सञ्चारमाध्यमले जानकारी दिएका छन् । मृत्यु हुनेहरूको संख्या विगत पाँच दिनमा २१ पुगेको छ । काहदेरिजान सहरमा रहेको प्रहरी चौकीमा ठूलो संख्यामा आएका प्रदर्शनकारी र सुरक्षाबलबीचको झडपको क्रममा छ प्रदर्शनकारीको मृत्यु भएको हो ।

उक्त सहरमा अवस्थित प्रहरी चौकीमा आक्रमणको शैलीमा आएका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । मूल्य वृद्धिका विरुद्धमा गरिएको भनिएको सो प्रदर्शन हिंसात्मक हुँदै गएपछि हालसम्म २१ व्यक्तिको मृत्यु भएको र सयौँ प्रदर्शनकारी पक्राउ परेका छन्। प्रदर्शनकारीले देशमा आर्थिक समस्या थप जटिल बन्दै गएको र सरकारले त्यसलाई नियन्त्रणमा लिन नसकेको बताउँदै प्रदर्शन जारी राखेका छन्। इरानका राष्ट्रपति हसन रौहानी नेतृत्वको सरकारका विरुद्धमा विभिन्न सहरका ती प्रदर्शन लक्षित रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। यता राष्ट्रपति हसन रौहानीले भने कानून मिच्ने र विद्रोह गर्नेलाई इरानी जनताले राम्रैसँग प्रतिवाद गर्ने भनेका छन् ।

सम्बन्धित समाचार

तिब्बतमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १६ जनाको मृत्यु
तिब्बतमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १६ जनाको मृत्यु
  • २०७४ पुष २४, ०९: ०६

काठमाडौं : चीनको तिब्बतस्थित पहाडी क्षेत्रमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा १६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते...

साउदी अरबका विमानस्थलमा हुथी विद्रोहीको भीषण शृङ्खलाबद्ध आक्रमण: १८ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते
साउदी अरबका विमानस्थलमा हुथी विद्रोहीको भीषण शृङ्खलाबद्ध आक्रमण: १८ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते
  • २०७४ पुष २४, ०९: ०६

काठमाडौँ — यमनका इराननिकट हुथी विद्रोहीहरूले साउदी अरबका विभिन्न रणनीतिक क्षेत्रहरूलाई निशाना बनाउँदै भीषण र शृङ्खलाबद्ध हवाई आक्रमण सुरु गरेका...

युक्रेनमाथि रुसको भीषण हमला: ३ बालबालिकासहित १२ को मृत्यु, ऊर्जा र यातायात क्षेत्रमा ठूलो क्षति
युक्रेनमाथि रुसको भीषण हमला: ३ बालबालिकासहित १२ को मृत्यु, ऊर्जा र यातायात क्षेत्रमा ठूलो क्षति
  • २०७४ पुष २४, ०९: ०६

काठमाडौँ — रुसले युक्रेनको राजधानी किभसहित एक दर्जनभन्दा बढी क्षेत्रहरूमा रातभरिदेखि बुधबारसम्म भीषण मिसाइल र ड्रोन आक्रमण गरेको छ। रुसको...