
काठमाडौं। नेपाली कांग्रेसले गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारीलाई नियुक्त गरिएकोविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको छ।
पूर्वमुख्यमन्त्री सुरेन्द्र पाण्डेका तर्फबाट वरिष्ठ अभिवक्ता सिताराम केसीले मंगलबार मुद्दा दायर गराएका हुन्।
गण्डकी प्रदेश कांग्रेस संसदीय दलका नेता पाण्डेले पार्टी निकट नेपाल डेमोक्रयाटिक लयर्स एशोसिएशन (डीएलए)का अध्यक्ष केसीमार्फत मुख्यमन्त्री अधिकारीको नियुक्तिविरुद्ध मुद्दा दायर गराएका छन्।
पाण्डेले चैत २१ गते राजीनामा दिएपछि प्रदेश प्रमुख डिल्लीराज भट्टले २७ गते ३ बजेसम्मका लागि बहुमतको सरकार गठनका लागि आह्वान गरेका थिए।
मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखले दिएको समय बाँकी छँदै खगराजले आइतबार बिहान दाबी पेस गरेका थिए।
सभामुख कृष्ण धितालसमेतलाई गणना गरेर दाबी पेस गरेका अधिकारीलाई एमाले पृष्ठभूमिका प्रदेश प्रमुख भट्टले तत्काल मुख्यमन्त्री नियुक्त गरेका थिए।
चैत २७ सम्म कामचलाउ सरकारको जिम्मा पाण्डेलाई नै दिइएको भन्दै त्यसमा पनि अन्तरिम आदेशको माग गरिएको छ। यस्तै दायर रिटमा संविधानको धारा १६८ को ३ अनुसार मेरो नामको परमादेश जारी गरिपाऊँ भनी पाण्डेले माग गरेका छन्।


ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...