
काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्षमा विमला घिमिरे निर्वाचित भएकी छन् । बुधबारको राष्ट्रियसभा बैठकमा भएको मत विभाजनबाट उनी निर्वाचित भएकी हुन् ।
उपाध्यक्षमा घिमिरेलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा ३९ मत गरेको थियो । विपक्षमा १६ मत खस्योे । बैठकमा ५५ सांसद उपस्थित रहेका थिए । त्यसअघि भएको मत विभाजनमा नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत भएको थियो । प्रस्तावको पक्षमा १६ र विपक्षमा ३९ मत खसेको थियो ।
घिमिरेलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)ले मत दिएका थिए । पुडासैनीलाई कांग्रेस र लोसपाका सांसदले मत दिए ।
राष्ट्रिय सभाको उपाध्यक्षमा निर्वाचित घिमिरे २०७६ सालमा लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा चुनिएकी थिइन् । राष्ट्रिय सभामा चार वर्ष काम गरेकी घिमिरेको कार्यकाल दुई वर्ष मात्रै बाँकी छ ।
नेकपा एमालेकी सांसद भगवती न्यौपानेका अनुसार विमला घिमिरे २०४६ सालदेखि नेपाली राजनीतिमा छिन् । घिमिरेले २०४७ सालमा एमालेको संगठित पार्टी सदस्यता प्राप्त गरेकी थिइन् ।
अखिल नेपाल महिला संघमा आवद्ध भएर राजनीतिक जीवनको सुरूवात गरेकी घिमिरे त्यसयता निरन्तर राजनीतिमै छिन् । राजनीतिमा लागेको ३३ वर्षपछि घिमिरे राष्ट्रिय सभाको उपाध्यक्ष पदमा पुगेकी हुन् ।
राष्ट्रिय सभाकी निवर्तमान उपाध्यक्ष उर्मिला अर्याल नेपाली राजनीतिमा घिमिरे निखारिएको व्यक्तित्व भएको बताउँछिन् ।
बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै निवर्तमान उपाध्यक्ष अर्यालले नेपाली जनवादी आन्दोलनमा लागेर खारिएकी घिमिरेलाई राष्ट्रियसभा उपाध्यक्षको जिम्मेवारी उपयुक्त भएको बताइन् ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...