एमाले ओखलढुंगाका अध्यक्ष कटुवालले दिए राजीनामा – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

एमाले ओखलढुंगाका अध्यक्ष कटुवालले दिए राजीनामा

ओखलढुंगा । नेकपा एमाले ओखलढुंगाका अध्यक्ष शंकर कटुवालले पदबाट राजीनामा दिएका छन् ।

गुट उपगुटका कारण जिल्ला अधिवेशनमा निर्णय गर्ने र प्रमाणीकरण गर्न पाउने आफ्नो अधिकार कुण्ठित भएको भन्दै उनले जिल्ला अध्यक्ष र पार्टी सदस्य दुवैबाट राजीनामा दिएका हुन् ।

जिल्ला इञ्चार्जमार्फत् प्रदेश कमिटी अध्यक्षलाई सम्बोधन गरिएको राजीनामा पत्रमा उनले लेखेका छन्, ‘मेरो झण्डै ३४ वर्षको राजनीतिक जीवन भोगाइमा यस्तो शैली मैले कहिले अनुभूत गरेको थिइन । मैले गरेको पार्टी योगदानको अर्थ र औचित्य नै नदेखेपछि जिल्ला अध्यक्ष र पार्टी सदस्य दुवैबाट राजीनामा पेस गरेको छु ।’

नेकपा एमाले ओखलढुंगाको दशौं जिल्ला अधिवेशन यही चैत २६ र २७ गते थियो । चैत २५ गते उदघाटनसत्र समापन भएपछि बन्दसत्र सुरु भएपछि गठन गरिएको अध्यक्ष मण्डलको अध्यक्ष पदमा उनी छन् ।

चैत २७ गते निर्वाचन समितिलाई प्रतिनिधिहरुको नाम टुंग्याई बुझाउने क्रममा र मतदाता नामावली प्रकाशन गर्ने चरणमा प्रवेश गरेपछि पार्टी सदस्य संख्या, सदस्यहरुको वैधानिक क्षेत्राधिकार र प्रतिनिधिहरुको वैधानिकतामा विवाद भएको थियो ।

त्यसमा चित्त नबुझेपछि अध्यक्ष कटुवालले राजीनामा दिएका हुन् ।

 

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० चैत्र २९, १२: ५१

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० चैत्र २९, १२: ५१

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० चैत्र २९, १२: ५१

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...