
काठमाडौं। नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गरेकोमा शिक्षामन्त्री सुमना श्रेष्ठलाई धन्यवाद दिएका छन्।
आयोगको प्रतिवेदन बुधबार मन्त्री श्रेष्ठले सार्वजनिक गरेकोमा सकारात्मक कार्य भन्दै महामन्त्री थापाले आयोग बन्ने तर प्रतिवेदन सार्वजनिक नहुने अनि कार्यान्वयन त हुँदै नहुने प्रवृत्तिको बीचमा प्रतिवेदन सार्वजनिक गर्नु आफैँमा सकारात्मक भएको टिप्पणी गरेका छन्।
उनले भनेका छन्, प्रतिवेदनले उजागर गरेका सम्बन्धन, भर्ना, सिट, शुल्क लगायतका कतिपय विषयमा चिकित्सा शिक्षा ऐन नै बनेर आयोगमार्फत कार्यान्वयनको चरणमा छन् त्यसलाई थप प्रभावकारी बनाउनु पर्नेछ । यससँगै प्रतिवेदनले आधार र कारण खुलाएरै जसजसलाई कारबाहीको सिफारिस गरेको छ त्यो सिफारिस कार्यान्वयनको दिशामा अगाडि बढ्छ भन्ने विश्वास छ।’
उनले शिक्षामन्त्रीको यो प्रयासमा आफ्नो साथ रहने प्रतिबद्धता जनाएका छन्। शिक्षा मन्त्रालयले चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोग २०७४ को प्रतिवेदन ६ वर्षपछि सार्वजनिक गरेको हो।
आयोगले त्रिभुवन विश्वविद्यालयका तत्कालीन उपकुलपतिहरू हीराबहादुर महर्जन, तीर्थ खनिया, रजिस्ट्रार डिल्ली उप्रेती, रेक्टर सुधा त्रिपाठी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त लोकमानसिंह कार्की लगायतमाथि कारबाहीको सिफारिस गरेको थियो।
यी हुन् कारबाही सिफारिसमा परेका ४२ जना
डा. तीर्थराज खनियाा
डा. सुधा त्रिपाठी
डिल्ली उप्रेती
रामप्रसाद खतिवडा
डा. ताराप्रसाद सापकोटा
राजेन्द्र पौडेल
हरि पराजुली
डा. हिराबहादुर महर्जन
प्रा.डा. करवीरनाथ योगी
प्रा.डा. ज्योति शर्मा
प्रा.डा. केशवप्रसाद सिंह
प्रा.डा. प्रमोदकुमार श्रेष्ठ
प्रा.डा. परशुराम मिश्र
प्रा.डा. रामप्रसाद उप्रेती
प्रल्हाद पन्त
डा. अनिल झा
डा. शशि शर्मा
डा. सरोज श्रेष्ठ
अधिवक्ता नारायणप्रसाद खनाल
लोकमानसिंह कार्की
डा. रामकण्ठ माकाजु
डा. बलभद्र दास
डा. चीनबहादुर (सीबी) पुन
डा. नीलमणि उपाध्याय
डा. प्रकाशराज न्यौपाने
प्रा. भरत झा
प्रा.डा. गोविन्दप्रसाद शर्मा
प्रा.डा. त्रिलोकपति थापा
प्रा.डा. केबी राउत
डा. मनोहरप्रसाद गुप्ता
चन्द्रलाल श्रेष्ठ
हिरेन्द्रमान अमात्य
डा. सीडी चावला
प्रा. श्यामसुन्दर मल्ल
प्रा.डा. पन्ना थापा
प्रा.डा. रमेशप्रसाद सिंह
डा. जगदीश चटौत
प्रद्युम्न श्रेष्ठ
डा. रमेशकुमार अधिकारी
डा. रोहित श्रेष्ठ
डा. ओजस्वी नेपाल
डा. अंकुर साह
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...