भिजिट भिसामा जानेको लहर दैनिक १७ सय – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

भिजिट भिसामा जानेको लहर दैनिक १७ सय

काठमाडौं । । अध्यागमन विभागको तथ्यांकअनुसार नयाँ कार्यविधि लागु गरिए सँगै भिजिट भिसामा विदेश जानेको लहर दैनिक औसतमा एक हजार सात सय नागरिक रहेका छन् ।

गत मार्चमा ५२ हजार दुई सय ३२ र फेब्रुअरीमा ५२ हजार नौ सय २१ जना भिजिट भिसामा विदेश गएको तथ्यांकमा उल्लेख गरिएको छ । त्यसअघि जनवरीमा ४६ हजार सात सय ४१, डिसेम्बरमा ५२ हजार चार सय ९५ र नोभेम्बरमा ४७ जार ६० जना गएका थिए ।

१० माघदेखि गृह मन्त्रालयले भिजिट भिसामा विदेश जानेलाई सरल बनाउँदै नयाँ ६ बुँदे कार्यविधि लागू गरेको थियो । त्यसयता खासगरी खाडी देश जाने बढेका छन् ।

नयाँ कार्यविधिअनुसार दुईतर्फी हवाई टिकट, होटेल बुकिङ, पाँच सय अमेरिकी डलर तथा खाडीका युएई, बहराइन, कुवेत, कतार, ओमान र साउदी अरेबियाका लागि भने स्वघोषणा समेत गर्नुपर्ने प्रावधान छ ।

विगतमा १७बुँदे मापदण्डमा १२ कक्षासम्म अध्ययन गरेको लगायतका प्रावधान थिए । सोही मापदण्डका आधारमा अध्यागमनका कर्मचारीले सेटिङ चलाएको खुलेपछि प्रहरीले दुई महिनाअघि अध्यागमन अधिकृत नरवीर खड्कासहित नौ अधिकृतविरुद्ध मुद्दा चलाएको थियो । सोही घटनापछि गृहले भिजिट भिसालाई सरलीकृत गरेको हो ।

अध्यागमन विभागका निर्देशक प्रेमप्रसाद दाहाल भिजिट भिसामा विदेश जानेको संख्या बढिरहेको बताउँछन् । मापदण्ड पुगेकालाई अध्यागमनले नरोक्ने उनले बताए । अमेरिका, अस्ट्रेलियालगायत देशमा नेपाली डायस्परा बढेसँगै परिवारका सदस्य भेट्न जानेदेखि घुम्न तथा रोजगारी खोज्दैसमेत कतिपय विदेश जाने गरेका छन् ।

विमानस्थलको सुरक्षा सुदृढीकरण तथा सेवा सरलीकरणका लागि गत साता गृहमन्त्री रवि लामिछानेको नेतृत्वमा सरोकारवालाहरूबीच बृहत् छलफलसमेत भएको थियो । छलफलले विमानस्थलमा सबै निकायबीच समन्वय बढाउने तथा सुधारलाई तीव्रता दिने निर्णय गरेको थियो ।

 

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० चैत्र ३०, ११: ५०

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० चैत्र ३०, ११: ५०

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०८० चैत्र ३०, ११: ५०

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...