
काभ्रे । काभ्रेको रोशी गाउँपालिका–५, सीसाखानीमा अज्ञात समूहले बुद्धचित्तको बोट काटिदिएका छन् । जसको मूल्य वार्षिक ३ करोड रुपैयाँ लेनदेन सम्झौतामा बिक्री भइसकेको खुलेको छ ।
बिहीबार राति १ बजे आएका १५/२० जनाको समूहले ठाकुरानी तामाङको बारीमा बुद्धचित्तको बोट काटेको हो ।
बोट काटेको समूहले उनको घरमा समेत चारवटा सकेट बम राखेको थियो । बम राखिएको ठाउँ नजिक जनमुक्ति सेना नेपाल लेखिएको ज्याकेट समेत फेला परेको छ । स्थानीयले राति नै कोभ्रे प्रहरीलाई खबर गरेका थिए । तर, प्रहरी पुग्दा बोट काटिएको थियो ।
प्रहरीले बोट काट्ने समूहमाथि अनुसन्धान सुरु गरेको छ । काभ्रेका डीएसपी राजकुमार श्रेष्ठका अनुसार केही युवामाथि आशंका गरिएको छ । तर, उनीहरू भेटिएका छैनन् ।
उक्त बोटको बुद्धचित्तको दाना गत वर्ष ९० लाख रुपैयाँमा बिक्री गरिएको थियो । यो वर्ष समेत बिक्रीका लागि विभिन्न व्यापारीहरू ठाकुरानीको घर पुग्ने गरेको खुलेको छ ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...