
काठमाडौं । सामाजिक सञ्जाल एक्सले पैसा तिरेर लिन मिल्ने ‘ब्लू टिकमार्क’ हाइड गर्न मिल्ने फिचर हटाउने भएको छ ।
गत वर्ष एलन मस्कको कम्पनीले ‘ब्लू टिकमार्क’ अन्य प्रयोगकर्ताले देख्न नसक्ने बनाउन मिल्ने फिचर ल्याएको थियो । अहिले निश्चित मिति नखुलाएरै एक्सले प्रिमियम प्रयोगकर्तालाई उक्त फिचर हट्ने जानकारी गराइरहेको छ ।
गत हप्ता एक्सले प्रयोगकर्तालाई ब्लू टिकमार्क कसरी लुकाउने भनेर जानकारी गराउने सेक्सन हटाएको थियो ।
कतिपय प्रिमियम प्रयोगकर्ताले भने आफूले ब्लू टिकमार्क मन नपराउने हुँदा हाइड गर्न चाहेको भन्दै फिचर नहटाउन आग्रह गरेका छन् ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...