
काठमाडौं । कतारका अमीर शेख तामिम बिन हमाद अल थानी नेपाल आउने भएका छन् । उनी यहि बैशाख ११ र १२ गते नेपाल भ्रमणमा आउने भएका हुन् । यसअघि गत वर्ष कात्तिक २० र २१ गते हुने भनिएको अमिरको नेपाल भ्रमण इजरायल–हमास युद्धका कारण स्थगित भएको थियो ।
कतारका लागि नेपाली राजदूत डा.नरेशविक्रम ढकालले इतिहासमै पहिलोपटक खाडी मुलुकबाटै राष्ट्रप्रमुखको उच्चस्तरीय भ्रमण हुन लागेको बताए ।
भ्रमणका क्रममा अमीरले राष्ट्रपति रामचन्द्र पौडेल लगायत अन्य उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । भ्रमणका क्रममा विभिन्न ११ वटा सम्झौता गर्ने तयारी समेत भएको उनले बताए ।
नेपालीहरूको प्रमुख गन्तव्य मध्येको एक कतारका अमिरको नेपाल भ्रमणले दुई देशको रोजगारी तथा वैदेशिक सम्बन्ध पनि थप प्रगाढ हुने विश्वास लिइएको छ ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...